प्रधानमन्त्री मोदीले खाना पकाउने तेलको खपतमा १०% कटौती गर्न अनुरोध गरे

नयाँ दिल्ली (ब्युरो ) – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वस्थ राष्ट्र निर्माण गर्न मोटोपनको समस्या समाधानमा जोड दिँदै खाना पकाउन प्रयोग गरिने तेलको खपतमा १० प्रतिशत कटौती गर्न भारतीय नागरिकहरूलाई अनुरोध गरेका छन्।
आइतवार प्रसारित ‘मन की बात’ रेडियो कार्यक्रममा उनले हालको समय मोटोपनको समस्या द्रुत रूपमा बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।
विश्वव्यापी चिन्ताको विषय
प्रधानमन्त्री मोदीका अनुसार हाल प्रत्येक आठ व्यक्ति मध्ये एक जना मोटोपन बाट ग्रस्त छन्। पछिल्ला वर्ष हरूमा मोटोपनको समस्या दोब्बर भएको छ भने बालबालिका हरूमा त यो समस्या चार गुणाले बढेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०२२ मा करिब २५० करोड मानिसहरू आवश्यकता भन्दा धेरै वजन युक्त थिए। यो तथ्यांकले विश्वव्यापी रूपमा मोटोपन गम्भीर समस्या बन्दै गएको संकेत गर्छ।
बढी तौल, धेरै रोगहरूको कारण
प्रधानमन्त्री मोदीले बढी तौल वा मोटोपनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउने बताए। यस लाई नियन्त्रण गर्नका लागि सबै नागरिकहरू ले सानो सानो प्रयास गर्नु पर्ने उनको सुझाव छ।
उनले भने, ‘खाने तेलको प्रयोगमा १० प्रतिशत कमी ल्याउनुहोस्। मासिक रूपमा तेलको खपतमा १० प्रतिशत कटौती गर्ने निर्णय गर्नुहोस्।’
स्वास्थ्यका लागि तेलको कम प्रयोगको फाइदा
- तौल नियन्त्रण: खाना पकाउँदा तेलको मात्रा १० प्रतिशत कम गर्दा क्यालोरीको मात्रा कम भई तौल नियन्त्रण गर्न सहयोग पुग्छ।
- मुटुको स्वास्थ्य: कम तेल प्रयोग गर्दा हानिकारक फ्याटको मात्रा घटेर मुटु स्वस्थ रहनेछ।
- मधुमेहको जोखिम न्यूनीकरण: बढी तेलको सेवनले इन्सुलिन प्रतिरोध बढाउने हुँदा मधुमेहको जोखिम बढ्छ। तेलको सेवन कम गर्दा यो जोखिम कम हुन सक्छ।
- पाचन प्रणाली सुधार: तेलको अत्यधिक प्रयोगले ग्यास, एसिडिटी र अपच जस्ता समस्या निम्त्याउन सक्छ। तेलको प्रयोग कम गर्दा पाचन प्रणाली स्वस्थ रहन्छ।
प्रतिक्रिया दिनुहोस