आँखाको ‘सापू’ रोग रोक्न विशेषज्ञहरूको आग्रह


काठमाडौँ – नेपालमा आँखा प्रभावित गर्ने ‘सापू’ नामक गम्भीर रोग बाट बच्न स्वास्थ्य मन्त्रालय लाई तत्काल कदम चाल्न आग्रह गरिएको छ । नेपाल अफ्थाल्मिक सोसाइटीले स्वास्थ्य मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै यसको रोकथामका लागि विशेष पहल गर्न अनुरोध गरेको छ।

सापू रोग के हो?

सापू रोगको पूर्ण नाम सिजनल हाइपरएक्युट प्यानुभाइटिस (Seasonal Hyperacute Panuveitis – SAPU) हो । यो आँखामा हुने एक प्रकारको संक्रमण हो, जसले दृष्टि गुम्ने जोखिम निम्त्याउन सक्छ। विशेष गरी कमजोर तथा सीमान्तकृत समुदायमा यसको प्रभाव बढी देखिएको छ।

विशेषज्ञहरूको माग ?

  • सापू रोगलाई उपेक्षित उष्ण कटिबन्धीय रोग (neglected tropical disease) को सूचीमा समावेश गर्नुपर्ने।
  • रोगबारे थप अनुसन्धान, रोकथाम र उपचारका उपायहरू अपनाउनु पर्ने।
  • स्वास्थ्यकर्मीहरूको सीप अभिवृद्धि गर्नु पर्ने।
  • अन्तर्राष्ट्रिय स्वास्थ्य तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्नुपर्ने।

सरकारको प्रयास कत्तिको प्रभावकारी?

स्वास्थ्य मन्त्रालयले २०७९ साल देखि सापू रोगबारे जनचेतना फैलाउने कार्य गरिरहेको छ। सन् २०२३ मा रोगको प्रकोप बढे पछि यसलाई राष्ट्रिय निगरानी प्रणालीमा समावेश गरिएको थियो। तर विशेषज्ञहरूका अनुसार अझ प्रभावकारी रोकथामका लागि सरकारले विशेष प्राथमिकता दिनु पर्छ।

सामान्य जनता के गर्न सक्छन्?

  • आँखा चिलाउने, रातो हुने वा असहज महसुस भएमा तत्काल स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।
  • आँखाको सरसफाइमा विशेष ध्यान दिनुहोस्।
  • यदि तपाईंको क्षेत्रमा यो रोग देखा परेको छ भने अन्यलाई पनि सतर्क रहन प्रेरित गर्नुहोस्।

नेपाल अफ्थाल्मिक सोसाइटीले सरकारलाई ‘वन हेल्थ’ अवधारणाअन्तर्गत बहुपक्षीय सहयोग गरी समाधान खोज्न आग्रह गरेको छ। सरकारले यसको रोकथाममा ध्यान दिएमा सापू रोगबाट हुने असरलाई कम गर्न सकिन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!