स्नातकोत्तर चिकित्सा शिक्षामा २३१ सिट थपिए


काठमाडौँ – चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर (पिजी) तहमा २३१ सिट थप गरेको छ । यस सँगै सरकारी प्रतिष्ठान तथा कलेजहरूमा पिजी का लागि कुल १,०२६ सिट पुगेका छन् ।

गत वर्ष ७९५ सिट मात्रै रहेकोमा यस पटक  विभिन्न संस्थामा थप सिट स्वीकृत गरिएको हो।

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको १७ औँ बैठकले १४ वटा संस्थामा सिट संख्या बढाउने र ४ वटामा घटाउने निर्णय गरेको हो ।

सबै भन्दा धेरै सिट थपिएको संस्था

१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) – ११८ सिट थपिँदा कुल २५० सिट पुगेको छ।

२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – ४० सिट थपिएर २०४ पुगेको छ।

३. नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान – २४ सिट थपिएर ९४ पुगेको छ।

४. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – १७ सिट थपिएर २४ पुगेको छ।

५. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – ११ सिट थपिएर ४२ पुगेको छ।

६. स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेस – ८ सिट थपिएर ५० पुगेको छ।

७. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा) – ८ सिट थपिएको।

८. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान – ५ सिट थपिएर ७९ पुगेको छ।

सिट घटाइएको संस्था

१. पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेस – ९ सिट घटेर ११ सिट मात्र बाँकी।

२. महाराजगञ्ज मेडिकल क्याम्पस – ७ सिट घटेर ११६ सिट पुगेको छ ।

यो पनि पढ्नुस् :चिकित्सा शिक्षा आयोगको निर्णयमा पुनर्विचार आवश्यक :सरकारी स्वास्थ्य संस्थामाथि अन्याय


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!