नसर्नेरोग परीक्षण अभियान

‘रोग पूर्व सावधानी र उपचारका लागि एक महिने निःशुल्क परीक्षण अभियान’

नेपालमा फागुन भर नसर्ने रोगको निःशुल्क परीक्षण अभियान, ३० वर्ष पुरा गरेका १ करोड नागरिकलाई समेट्ने लक्ष्य


काठमाडौं– नेपाली जनता लाई रोग लाग्नु अघि नै सचेत पार्न तथा लागि सकेको भए पनि समयमै उपचार गराउन प्रेरित गर्ने उद्देश्यले मुलुकमा फागुन महिना भरी नसर्ने रोग निःशुल्क परीक्षण अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले रोगको रोकथामलाई प्राथमिकता दिने भन्दै यस अभियानको घोषणा गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार, फागुन १ गते देखि देशभर सञ्चालन हुने यस अभियान अन्तर्गत ३० वर्ष उमेर पूरा गरेका नागरिकलाई मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग, साथै तौल र उचाइको अनुपात जाँच गरिनेछ ।

किन निःशुल्क परीक्षण अभियान ?

मन्त्री पौडेलका अनुसार, यो अभियानले नागरिकलाई रोग लाग्नु अघि नै सचेत पार्ने तथा लागिसकेको भए पनि समयमै उपचार गराउन प्रेरित गर्ने उद्देश्य राखेको छ ।

उनले भने, ‘हामीले उपचार सेवालाई व्यवस्थित गर्दै निरोधात्मक उपाय वाट नागरिकलाई रोगको चक्रबाट बचाउने लक्ष्य राखेका छौं ।’

नेपालमा ३० वर्ष माथिका नागरिकको संख्या १ करोड ४० लाख ९० हजार छ । मन्त्रालयले एक महिना सम्म सञ्चालन हुने यस अभियान मार्फत १ करोड नागरिकलाई समेट्ने लक्ष्य राखेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार, परीक्षण सेवा देश भरका स्थानीय स्वास्थ्य संस्था वाट निःशुल्क प्रदान गरिनेछ ।

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ समेत गरिने

मन्त्रालयले फागुन महिना भित्रै पाठेघरको मुखको क्यान्सर पहिचानका लागि पनि स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । यस परीक्षण अभियानले विशेष गरी महिलालाई समयमै क्यान्सरको जोखिम पत्ता लगाएर उपचार गराउने अवसर प्रदान गर्नेछ ।

निःशुल्क परीक्षण सेवाबाट लाभ लिन सबै नागरिकलाई आफ्नो नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!