चिकित्सक संघद्वारा स्नातकोत्तर सिट संख्यामा वृद्धि नभएको प्रति गम्भीर असन्तुष्टि


काठमाडौं – नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा आयोग द्वारा बिहीबार प्रकाशित एमडी, एमएस, तथा एमडीएस कार्यक्रमका सिट संख्या प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।

संघका अनुसार नेपाल सरकारका प्रतिष्ठानहरूमा आवश्यक क्षमता भए पनि तथा विज्ञ टोलीद्वारा निर्धारण गरिए अनुसार सिट संख्या थप्न सकिने अवस्था हुँदा पनि वृद्धि नभएको घटनालाई खेदजनक ठहर गरिएको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा सिट संख्या सीमित गरिनु नेपालका जेहेन्दार चिकित्सकहरूका लागि अन्यायपूर्ण भएको उल्लेख छ।

यसका कारण योग्य चिकित्सकहरूले नेपालमै स्नातकोत्तर तालिम लिन नपाइ विदेशीन बाध्य हुने अवस्था सिर्जना भएको संघको ठहर छ।

यस सँगै, संघले आवासीय चिकित्सकहरूको निर्वाह भत्ता, सेवा सुविधा, ड्युटी तालिका र बिदा जस्ता विषयमा सरकारले बेवास्ता गरिरहेको भन्दै आलोचना गरेको छ।

संघका अनुसार, चिकित्सकहरूले यी मागहरूलाई सम्बोधन गर्न पटक पटक ध्यानाकर्षण गराए पनि समाधान नभएको र त्यसैले बारम्बार आन्दोलन गर्नुपरेको उल्लेख छ।

चिकित्सक संघले चिकित्सा शिक्षा ऐन तथा नियमावली मा आवश्यक संशोधन गरी यी समस्याहरू को दीर्घकालीन समाधान खोज्न सरकार सँग जोडदार माग समेत गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!