निजामती कर्मचारी युनियन स्वास्थ्य मन्त्रालय विभागीय अधिवेशन सम्पन्न, प्रदीप के.सी. अध्यक्षमा निर्वाचित
तेजबहादुर लामिछाने सहित ७ जना महाधिवेशन प्रतिनिधी चयन
काठमाडौं – नेपाल निजामती कर्मचारी युनियन स्वास्थ्य मन्त्रालयको विभागीय अधिवेशन सम्पन्न भएको छ ।अधिवेशन बाट प्रदीप के.सी. अध्यक्षमा निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न निर्वाचनमा अन्य पदाधिकारी पनि चयन भएका छन् । महिला उपाध्यक्षमा शावित्रा भट्ट, समावेशी उपाध्यक्षमा डा. लालबाबु शाह निर्वाचित भएका छन् । सचिव खुला पदमा रुपा रान, पासाङ बी.सी. र कोषाध्यक्षमा सरस्वती कोईराला चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा अच्युत हरी कोईराला, कमल कुवर क्षेत्री, ईश्वरी प्रसाद भुषाल, डा. पुनेश्वर केशरी, रञ्जित कुमार झा, लाल बहादुर वाईवा, मिठु पाठक, सीता भुसाल, तिर्थ शोभा नकर्मी, सञ्जय कुमार शाह र सञ्जन कर्ण निर्वाचित भएका छन् ।
अधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पनि चयन भएका छन् । निर्वाचित प्रतिनिधिहरूमा विश्व बन्धु रेग्मी, शंकर पाण्डे, धिरज रौनियार, खिमराज रिजाल, तेज बहादुर लामिछाने, समावेशी तर्फ दीपेन्द्र सुनार, र महिला तर्फ पवित्रा ढकाल रहेका छन् ।
निर्वाचनको जिम्मेवारी निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमितिका उपाध्यक्ष निर्मला शर्मा, केन्द्रीय उपमहासचिव इन्दु शर्मा, पूर्व उपमहासचिव र विश्वबन्धु रेग्मीलाई दिइएको थियो । उनीहरूको निर्णयअनुसार विभिन्न पदाधिकारीहरू चयन भएका हुन् ।
अधिवेशन स्वास्थ्य सेवा विभाग, टेकु, काठमाडौंमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १० जना पूर्व स्वास्थ्यकर्मीलाई सम्मान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस