‘औषधि लेख्न डाक्टरको अधिकार मा कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार्य’, फार्मेसी संघको अभिव्यक्ति प्रति चिकित्सक संघद्वारा आपत्ति
काठमाडौं – नेपाल चिकित्सक संघले औषधि लेख्न चिकित्सकको अधिकार मा कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार्य’ रहेको औँल्याउँदै डाक्टरहरूलाई फार्मेसी संघले बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवारको रूपमा प्रस्तुत गरिएको कार्य प्रति भर्त्सना गर्दै गम्भीर आपत्ति जनाएको छ ।
चिकित्सक सङ्घले फार्मेसी सङ्घद्वारा चिकित्सकहरू माथि लगाइएका आरोप प्रति गम्भीर आपत्ति सहित प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।
चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारी द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिए अनुसार माघ १७ गते नेपाल फार्मेसी संघले जारी गरेको ध्यानाकर्षण पत्रमा डाक्टरहरूलाई बिरामीलाई भ्रममा पार्ने, अज्ञानताको फाइदा उठाउने र अनुचित मुनाफा कमाउने मुख्य जिम्मेवारको रूपमा प्रस्तुत गरिएको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
संघका अनुसार यस्तो कपोलकल्पित र गम्भीर आरोपले स्वास्थ्य क्षेत्रमा अहोरात्र सेवा दिने चिकित्सकहरूको आत्म सम्मानमा ठेस पुगेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्षौंको अध्ययन, ज्ञान र अनुभवबाट दक्षता हासिल गरेका योग्य चिकित्सकहरूको मान मर्दन हुने गरी सार्वजनिक गरिएको यस्तो अपमानजनक एवं निन्दनीय अभिव्यक्ति प्रति हामी गम्भीर आपत्ति जनाउँदै यस प्रकारको भ्रम पूर्ण अभिव्यक्तिको घोर भर्त्सना गर्दछौ।’
चिकित्सक संघले स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्न सबै पक्ष एक जुट हुनु पर्ने मा दोषारोपण र कारबाहीको माग गर्नु हास्यास्पद र दुःखद रहेको समेत बताएको छ ।
साथै, बिरामीको आवश्यकता अनुसार औषधि लेख्न चिकित्सकको अधिकार सुनिश्चित गर्नुपर्ने मा कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार्य रहेको स्पष्ट गर्दै, सम्बन्धित सबै पक्षलाई जिम्मेवार पूर्ण भूमिका निर्वाह गर्न अपिल गरेको छ ।
यो पनि पढनुसः ‘न्युट्र्रास्युटिकल अनियमितताको जिम्मेवार आयात कर्ता, डाक्टर तर मारमा औषधि पसल’
प्रतिक्रिया दिनुहोस