अनुसन्धान

निद्राको स्वप्न चरणमा प्रवेश गर्नमा ढिलाइ अल्जाइमरको प्रारम्भिक संकेत हुन सक्ने


एक नयाँ अध्ययनले देखाएको छ कि जस व्यक्तिलाई निद्राको स्वप्न चरण Rapid eye movement (REM) sleep मा प्रवेश गर्न ढिलाइ हुन्छ, तिनीहरूमा यो अल्जाइमर रोगको प्रारम्भिक संकेत हुन सक्छ ।

अनुसन्धानकर्ताहरूका अनुसार अल्जाइमर एक न्यूरोडिजेनेरेटिभ रोग हो जसले सोच्ने क्षमता र स्मरण शक्तिमा असर पार्छ। अनुसन्धान अनुसार, राति राम्रो निद्रा लिनु अत्यन्त महत्वपूर्ण हुन्छ, किनभने यस अवधिमा मस्तिष्कले नयाँ जानकारीलाई पुरानो ज्ञानसँग मिलाएर दीर्घकालीन रूपमा भण्डारण गर्ने कार्य गर्छ।

निद्राको र्‍यापिड आइ मुभमेन्ट (आरइएम) चरणमा सपना हेर्नुको साथै मस्तिष्कको सक्रियता, मुटुको चाल, र सास प्रश्वास दर बढाउँछ । सामान्यतया, राती एक पटक सुते पछि व्यक्तिहरू ९० मिनेटपछि आरइएम चरणमा प्रवेश गर्छ र यो प्रत्येक रात चार देखि छ पटक दोहोरिन्छ।

अनुसन्धानको निष्कर्ष अल्झाइमर एण्ड डिमेन्सिया : द जर्नल अफ द अल्झाइमर्स एसोसिएसनमा प्रकाशित भएको छ ।

अध्ययनका लागि अनुसन्धानकर्ताहरूले १२८ जना लाई रातको निद्रा को समय निगरानी गरे । जस व्यक्तिहरूलाई आरइएम चरणमा प्रवेश गर्न ढिलाइ भयो, तिनीहरूमा छिटो प्रवेश गर्नेहरूको तुलनामा १६% बढी अमाइलोइड क्लम्प्स र २९% बढी टाउ ट्यागल्स पाइयो।

अमाइलोइड र टाउ नामक प्रोटीनहरू अल्जाइमर रोग भएका व्यक्तिहरूमा एकसँगै टाँसिएर मस्तिष्कको स्नायु कोशिकालाई हानि पुर्‍याउँछन् र तिनीहरूको कार्यमा असर गर्छन्। साथै, आइएम चरणमा ढिलाइ भएका व्यक्तिहरूमा स्वस्थ बीडीएनएफ  प्रोटीन ३९% कम पाइयो, जुन अल्जाइमर रोगीहरूमा सामान्यतया घट्दै जान्छ।

विशेषज्ञहरूले यस अध्ययनलाई अल्जाइमर पहिचानको लागि महत्त्वपूर्ण संकेतका रूपमा लिएका छन्। उनीहरूका अनुसार, यदि कोही व्यक्तिलाई REM निद्रामा प्रवेश गर्न ढिलाइ हुन्छ भने, त्यसले अल्जाइमर रोगको प्रारम्भिक अवस्था संकेत गर्न सक्छ, जसले भविष्यमा स्मरणशक्ति र मानसिक क्षमतामा गम्भीर असर पार्न सक्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!