लाइसेन्स परीक्षामा ६९ प्रतिशत डाक्टर फेल


काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिएको स्नातक स्तरको लाइसेन्स परीक्षामा झन्डै ६९ प्रतिशत डाक्टर फेल भएका छन् ।

काउन्सिलको ७१ औं लाइसेन्स परीक्षामा एमबिबिएस र बिडिएस गरी जम्मा ८४४ जनाले परीक्षा दिदा ६८.९६ प्रतिशत अर्थात् ५८२ जना डाक्टर फेल भएका हुन ।

काउन्सिलका रजिस्टार डा. सतिस कुमार देव को अनुसार लाइसेन्स परीक्षामा एमबिबिएस तर्फ ७५३ जनाले परीक्षा दिदा ६७.९९ प्रतिशत अर्थात ५१२ जना डाक्टर फेल भएका हुन । यस्तै दन्त चिकित्सा (बिडीएस) अन्तर्गत ९१ जनाले परिक्षा दिदा ७६.९२ प्रतिशत अर्थात् ७० जना दन्त चिकित्सक फेल भएका थिए ।

उक्त परीक्षाका लागि ८६५ जना डाक्टरले फर्म भरे पनि २१ जनाले परीक्षा दिएनन् भने ७ जनाको परीक्षा परिणाम विथ हेल्ड भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!