अनुसन्धान

गर्भावस्थामा आमाको मस्तिष्कमा हुने परिवर्तनः नयाँ अध्ययनका रोचक तथ्यहरू


गर्भावस्थाका बेला महिलाको शरीर मात्र होइन, मस्तिष्कमा पनि महत्वपूर्ण परिवर्तनहरू हुने पत्ता लागेको छ । स्पेनको युनिभर्सिटी अटोनोमा डे बार्सिलोना (युएबी) का अनुसन्धान कर्ताहरूले न्यूरो–इमेजिङ प्रविधि प्रयोग गरी गरेको अध्ययनले महिलाको मस्तिष्कमा हुने परिवर्तनको रोचक तथ्यहरू उजागर गरेको छ।

मस्तिष्कको संरचनामा महत्वपूर्ण परिवर्तन अध्ययनले देखाएको छ कि गर्भावस्थाको समयमा महिलाको मस्तिष्कमा रहेको ९४ प्रतिशत ग्रे म्याटरको ४.९ प्रतिशत घट्छ । यो परिवर्तन विशेष गरी मस्तिष्कका ती भागहरूमा देखिन्छ, जुन सामाजिक समझ (सोसल रिकग्निसन सँग सम्बन्धित छन् । यस्ता परिवर्तनहरू प्रसव पछि आंशिक रूपमा सामान्य अवस्थामा फर्कने अध्ययनले पुष्टि गरेको छ ।

हार्मोनल परिवर्तनको प्रभाव

गर्भावस्थाको समयमा एस्ट्रोजनको स्तरमा वृद्धि र प्रसव पछि यसको कमीले मस्तिष्कको ग्रे म्याटरमा उल्लेखनीय परिवर्तन ल्याउँछ। अनुसन्धान कर्ताहरूका अनुसार यी परिवर्तनहरू आमाको मानसिक अवस्था र हार्मोनल उतार चढाव सँग गहिरो रूपमा सम्बन्धित छन्।

अनुसन्धानको प्रक्रिया

नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित यस अध्ययनमा गर्भवती महिला सँगै गर्भवती नभएका महिलाहरूलाई पनि समावेश गरिएको थियो । यसमा युएबी, ग्रेगोरियो मारानोन हेल्थ रिसर्च इन्स्टिच्युट, हस्पिटल डेल मार रिसर्च इन्स्टिच्युट लगायत अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका अनुसन्धानकर्ताहरूले सहभागिता जनाएका थिए।

अध्ययनको महत्व

अनुसन्धानले गर्भावस्थाका बेला महिलाको मस्तिष्कमा हुने परिवर्तनहरू सामाजिक समझ र मातृत्व सम्बन्धित क्षमता सँग सम्बन्धित रहेको देखाएको छ । यसले आमाको मानसिक स्वास्थ्य र सामाजिक अनुकूलनमा यी परिवर्तनहरूको भूमिका बुझ्न सहयोग पुर्‍याउँछ ।

यो अध्ययनले गर्भावस्था र प्रसव पछिको समयमा महिलाको मस्तिष्कमा हुने परिवर्तनहरूको वैज्ञानिक आधार प्रस्तुत गर्दै यसलाई अझ गहिरो रूपमा अध्ययन गर्न मार्ग प्रशस्त गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!