अनुसन्धान

शरीरमा भिटामिन बी ३ को उच्च स्तरले बढाउँछ मुटु रोगको जोखिम, अध्ययनले देखायो


मुटु रोगको जोखिम हरेक मानिसमा फरक फरक हुन सक्छ । हाल सम्म मुटु रोगको कारण लिङ्ग, पारिवारिक इतिहास, मोटो पना, उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, धूम्रपान र अस्वस्थ जीवन शैली लगायतका रहेको थियो । तर हाल सालै एउटा भिटामिन पत्ता लागेको छ जसको उच्च स्तरले मुटु रोगको जोखिम धेरै गुणा बढाउँछ ।

नेचर मेडिसिनमा प्रकाशित अध्ययन अनुसार शरीरमा नियासिन (भिटामिन बी ३) को उच्च स्तरले मुटु रोगको खतरा धेरै गुणा बढाउन सक्ने देखाएको छ ।

वर्ड हर्ट फेडरेसनका अनुसार, सन् २०२१ मा विश्व भर करिब २ करोड ५ लाख मानिसको मृत्यु मुटु रोगका कारण भएको थियो । यसले मुटु रोग लाई मृत्युका प्रमुख तीन कारणहरू मध्ये तेस्रो स्थानमा ल्याएको छ ।

भिटामिन बी ३ को उच्च स्तर र मुटुरोगको सम्बन्ध 

अध्ययन अनुसार, क्लिभल्यान्ड क्लिनिक लर्नर रिसर्च इन्स्टिच्युटका अनुसन्धान कर्ताहरूले मुटु रोगका सम्भावित जोखिम कारकहरू को पहिचान गरेका छन् । अध्ययनले शरीरमा नियासिनको उच्च स्तरलाई मुटु रोगको कारण बताएको छ।

अनुसन्धान का क्रममा १,१०० भन्दा बढी मानिसलाई अवलोकन गरी दुई अणु (२ पिवाई र ४ पिवाई) को पहिचान गरिएको थियो । यी अणुहरू शरीरमा अतिरिक्त नियासिनको टुटफुट बाट उत्पन्न हुन्छन् ।

थप अध्ययनका लागि ३,००० भन्दा बढी मानिसहरूको दुई समूह (एक अमेरिकी र अर्को युरोपेली) मा यी अणुहरूको स्तर परीक्षण गरिएको थियो। नतिजामा, २ पिवाई वा ४ पिवाई को उच्च स्तर भएका व्यक्तिहरूमा तीन वर्षभित्र मुटु रोगको जोखिम १.६ देखि २ गुणा सम्म बढी रहेको देखियो ।

नियासिनको मुटु सँग पुरानो सम्बन्ध 

नियासिन सप्लिमेन्टको प्रयोग प्रायः हाइपरलिपिडेमिया (रक्तमा उच्च चिल्लो) को उपचारका लागि गरिन्छ । यसले ‘खराब’ (एलडीएल) कोलेस्ट्रोल कम गर्न र ‘राम्रा’ (एचडीएल) कोलेस्ट्रोल बढाउन मद्दत गर्दछ ।

यति सम्म की नियासिनको अत्यधिक मात्रा (१,५००–२,००० मिलिग्राम/दिन) ले पनि कोलेस्ट्र्रोल कम गराउने पहिलो औषधि मध्ये एक थियो ।

भिटामिन बी ३ को विषाक्तता कसरी चिन्ने ? 

हार्वड विश्वविद्यालयका अनुसार, शरीरमा भिटामिन बी ३ को मात्रा धेरै हुँदा तल उल्लेखित लक्षणहरू देखिन सक्छः 

  • चक्कर लाग्नु
  • रगतमा चिनीको स्तर कम हुनु
  • थकान
  • टाउको दुख्नु
  • पखाला
  • आँखा धमिलो देखिनु
  • कलेजो सुन्निनु

भिटामिन बी ३ कहाँबाट आउँछ? 

प्राकृतिक स्रोतबाट प्राप्त हुने भिटामिन बी ३ ले शरीरमा समस्या उत्पन्न गर्दैन। तर, यदि तपाइले यसको पूरकको अत्यधिक सेवन गर्नुभयो भने, यो हानिकारक हुन सक्छ। मुटु रोगबाट बच्न स्वस्थ जीवन शैली अपनाउनू का साथै कुनै पनि पूरक आहार लिनु अघि चिकित्सकको सल्लाह लिन महत्वपूर्ण छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!