भारतीय अभिनेता सैफ अली खान खतरा मुक्त : स्पाइनल फ्लुइड चुहावटको उपचार सफल
सैफको रिढको हड्डीमा २.५ इन्च गहिरो चक्कु फसेको थियो, जसले रिढको हड्डीबाट स्पाइनल फ्लुइड चुहावट भएको थियो । यो चक्कु लाई निकाल्न शल्यक्रिया गर्नु परेको थियो ।
नयाँ दिल्ली (ब्युरो) – बलिउड अभिनेता सैफ अली खान माथि चक्कु आक्रमणले रिढको हड्डीमा गम्भीर चोट लाग पछि गरिएको शल्यक्रिया सफल भएको छ ।
सैफ अली खानलाई बिहीवार राति मुम्बई स्थित घरमा आक्रमण गरिएको थियो, जसका कारण उनको रिढको हड्डीबाट स्पाइनल फ्लुइड लीक (चुहावट) भएको थियो । उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरी आपत कालीन शल्यक्रिया गरिएको थियो ।
चक्कु निकाल्न सर्जरी आवश्यक
अस्पतालका डाक्टरहरूका अनुसार सैफको रिढको हड्डीमा २.५ इन्च गहिरो चक्कु फसेको थियो, जुन आक्रमणका कारण भित्रै रहेको थियो । यो चक्कु लाई निकाल्न शल्यक्रिया गर्नु परेको थियो ।
डा.नितिन डांगेले जानकारी दिए अनुसार शल्यक्रियाले मात्र रिढको हड्डीबाट लिक भइरहेका तरल पदार्थलाई नियन्त्रणमा ल्याउन सम्भव भएको थियो ।
स्पाइनल फ्लुइड लीकः संक्रमणको जोखिम
रिढको हड्डीलाई सेरेब्रोस्पाइनल फ्लुइडले ढाकिएको हुन्छ, जुन शरीरको मस्तिष्क र स्नायु प्रणालीलाई सुरक्षा प्रदान गर्छ । चक्कुको चोटका कारण फ्लुइड बाहिर लिक हुदा सङ्क्रमणको खतरा निकै बढेको थियो ।
डाक्टरहरूको अनुसार, यस्तो चुहावटले मेनिन्जाइटिस र अन्य गम्भीर समस्याहरू निम्त्याउन सक्छ, जसले ज्यान समेत लिन सक्छ।
उपचार र अवस्था
शल्यक्रिया सफल भएपछि सैफलाई हाल आइसीयूमा राखिएको छ । ऊनी स्थिर अवस्थामा रहेको र छिट्टै वार्डमा सारिने जानकारी डाक्टरहरूले दिएका छन् । शल्यक्रिया कै क्रममा सैफको गर्दन र हातमा पनि लागेको चोटलाई उपचार गरिएको छ ।
ड्यूराप्लास्टीः ठूलो लिकका लागि विशेष उपचार
यदि स्पाइनल फ्लुइड लिक ठूलो भएमा ड्यूराप्लास्टी नामक प्रक्रिया प्रयोग गरेर फाटेको भागलाई सिउनु पर्छ। यो प्रक्रिया स्पाइनल फ्लुइड चुहावट रोक्नका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ ।
अब सैफ सुरक्षित
उपचार मा संलग्न डाक्टरहरूकाे अनुसार सैफ अली खान अहिले खतरा मुक्त अवस्थामा छन् । उनका प्रशंसकहरू ले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस