अनुसन्धान
सुन्ने समस्याले पार्किन्सनको जोखिम बढाउन सक्छ
हालै गरिएको एक अध्ययनले उमेर सँगै कम सुनिने कारण पार्किन्सन रोग लाग्ने जोखिम ५७ प्रतिशतले बढ्न सक्ने देखाएको छ ।
यसरी यसले प्रारम्भिक चेतावनी सङ्केतको रूपमा कार्य गर्दछ । जबकी श्रवण हानी लाई सञ्ज्ञानात्मक गिरा वट सँग जोडिएको छ र डिमेन्सिया को लागी एक जोखिमको कारक मानिन्छ ।
‘पार्किन्सोनिज्म एन्ड रिलेटेड डिसअर्डर्स’ जर्नलमा प्रकाशित यो अनुसन्धानको निष्कर्ष, सुन्ने क्षमतामा कमीले पार्किन्सन रोगको जोखिम कसरी बढाउन सक्छ भनेर जाँच्ने पहिलो अध्ययन हो ।
बेलायतको लाङ्कास्टर युनिभर्सिटीको नेतृत्वमा रहेका अन्वेषकहरूले भने कि यो अझै स्पष्ट छैन कि सुन्ने क्षमता न्यूरोडिजेनेरेटिभ अवस्था सँग सम्बन्धित छ वा यसको कारण बन्छ ।
पार्किन्सन्स रोगमा हात वा शरीरको अन्य भागमा कम्पन हुन्छ, अर्थात् काम्ने गरेको छ । टोलीले भने कि मस्तिष्कमा डोपामाइन हर्मोन स्तरले भूमिका खेल्न सक्छ, किनकी अघिल्लो अध्ययनहरूले श्रवण शक्ति र पार्किन्सनका बिरामी दुवै व्यक्तिहरूमा कम डोपामाइन स्तरहरू फेला पारेको छ । डोपामाइन लाई ध्वनि सञ्चारको लागि महत्वपूर्ण मानिन्छ ।
अध्ययनको लागि, अनुसन्धान कर्ताहरूले ब्रिटिस बायोबैंक डाटासेट को करिब १.६ लाख व्यक्तिहरूको तथ्याङ्क को विश्लेषण गरे ।
अध्ययनका सहभागीहरूलाई पहिले श्रवण परीक्षणहरू गरिएको थियो जसमा यो मापन गरियो कि उनीहरूले हल्लाको वातावरणमा कति राम्रो सँग भाषण लाई सुन्न सक्छन् ।
१४ वर्ष भन्दा बढी फलोअपको क्रममा ८१० सहभागीहरूमा न्यूरोडिजेनेरेटिभ अवस्थाहरू निदान गरिएको थियो । श्रवण हानी मा प्रत्येक १० डेसिबल को बृद्घि मा पार्किन्सनको जोखिम ५७ प्रतिशत बढ्छ ।
प्रतिक्रिया दिनुहोस