फार्मेसी परिषद्ले अनलाइन मार्फत गुड स्टैन्डिङ्ग लेटर र एनओसी प्रदान गर्ने
काठमाडौं – नेपाल फार्मेसी परिषद्ले फार्मेसी व्यवसाय सँग सम्बन्धित महत्वपूर्ण कागजातहरू, जस्तै गुड स्टैन्डिङ्ग लेटर र एनओसी अब अनलाइन माध्यम बाट उपलब्ध गराउने भएको छ । यो सेवा २०८१ माघ ४ गते देखि औपचारिक रूपमा सुरु हुने जानकारी परिषद्ले दिएको छ ।
परिषद्का रजिस्टार सञ्जीव कुमार पाण्डे द्वारा हस्ताक्षरित सूचना मा Good Standing Letter र NOC (No Objection Certificate) सेवा उपयोग गर्न इच्छुक आवेदकहरूका लागि प्रक्रिया स्पष्ट पार्दै निम्न अनुसारको निर्देशनहरू दिएको छ ।
- आधिकारिक वेबसाइटमा जानुहोस्: नेपाल फार्मेसी परिषद्को आधिकारिक वेबसाइट खोल्नुहोस्।
- आवेदन खण्ड खोज्नुहोस्: होम पेजको बाँया पट्टि रहेको मेनुमा “Apply for NOC / Apply for Good Standing Letter” क्लिक गर्नु होस्।
- दर्ता प्रक्रिया पूरा गर्नुहोस्: तपाईंलाई दर्ता पेजमा रिडाइरेक्ट गरिनेछ। आफ्नो मान्य फोन नम्बर राखेर सबमिट गर्नुहोस् र २-५ मिनेटभित्र प्राप्त OTP को प्रयोग गरी दर्ता प्रक्रिया पूरा गर्नुहोस्।
- पासवर्ड सेट गर्नुहोस्: OTP प्रविष्ट गरी बलियो पासवर्ड सिर्जना गर्नुहोस्। यसपछि तपाईंलाई लगइन पेजमा रिडाइरेक्ट गरिनेछ।
- खाता लगइन गर्नुहोस्: आफ्नो फोन नम्बर र सिर्जित पासवर्ड प्रयोग गरी खाता लगइन गर्नुहोस्।
- आवेदन फारम भर्नुहोस्: ड्यास बोर्डमा एनओसी र गुड स्टैन्डिङ्ग लेटर दुबै विकल्प उपलब्ध हुनेछ। आफ्नो आवश्यकता अनुसार उपयुक्त विकल्प चयन गरी फारममा सम्पूर्ण विवरण भर्नुहोस् ।
- प्रमाणीकरण प्रक्रिया पूरा गर्नुहोस्: फारम सबमिट गरेपछि तपाईंको आवेदनको समीक्षा गरिनेछ। सफल प्रमाणीकरण पछि एनओसी वा गुड स्टैन्डिङ्ग लेटर जारी गरिनेछ।
यो अनलाइन सेवाले फार्मेसी व्यवसायीहरूलाई कागजात प्राप्त प्रक्रियामा सहजता र पारदर्शिता प्रदान गर्ने अपेक्षा गरिएको छ। आवेदकहरूले समयमै आवेदन गरी सेवा उपयोग गर्न परिषद्ले आग्रह समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस