अनुसन्धान

विमानस्थल नजिकै बस्ने मानिसमा हृदय घात र मुटु रोगको जोखिम बढी


हालै गरिएको एक अनुसन्धानले विमानस्थल नजिकै बस्ने मानिसहरूलाई हृदय घात र मुटु सम्बन्धी रोगहरूको जोखिम अरूको तुलनामा बढी हुने देखाएको छ ।

यसको कारण निरन्तर ठूलो आवाज हो । जसले बिस्तारै मुटुमा नराम्रो असर पार्छ । यो खतरा केवल वृद्ध वृद्धाहरूमा मात्र सीमित नभइ युवाहरू पनि यसको सिकार हुन सक्छन् ।

यूनिभर्सिटी कलेज लन्डन, कार्डियोभास्कुलर रिसर्च इन्स्टिच्युटले जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजी मा ८ जनवरी सन २०२५ मा प्रकाशित गरेका यो अनुसन्धान ले विमानस्थलबाट १० किलोमिटर भित्र बस्ने मानिसहरूलाई हर्ट एटैक हुने जोखिम २० प्रतिशत बढी हुने देखाएको छ ।

यस अनुसन्धान अन्तर्गत बेलायतको हीथ्रो, ग्याटविक, बर्मिङ्गम र म्यानचेस्टर एयर पोर्ट नजिकका ३,६३५ बासिन्दाको मुटुको इमेजिङ डेटा अध्ययन गरिएको थियो ।

यस्तै एयर पोर्टको नजिक बस्ने व्यक्तिहरूमा मुटुको बनावट र कार्य क्षमता ह्वाइ जहाज को तीव्र आवाजको सम्पर्कमा नभएका व्यक्तिको दाँजोमा १०–२० प्रतिशत सम्म खराब हुने गरेको पाइएको छ ।

विशेष गरी, लामो समय सम्म एयर पोर्टको आवाजको प्रभावले मुटुको मांसपेशी कठोर र बाक्लो हुने हुँदा शरीरमा रगत प्रवाह गर्न सक्ने क्षमता कमजोर हुने देखिएको छ ।

अनुसन्धान कर्ताहरूले भनेका छन्, ‘लामो समय सम्म ठूलो आवाजको प्रभावले मुटुको कार्य क्षमता मात्र नभई मुटुको आकार ७ प्रतिशतले बढ्ने र मुटुको बाक्लो पना ४ प्रतिशतले ले बढ्ने देखिएको छ ।’

हृदयमा हुने यी असामान्यताहरूले हर्ट फेल हुने, मुटु रोग र स्ट्रोकको जोखिम चार गुणा सम्म बढाउन सक्ने तर्क गरिएको छ ।

ध्वनि प्रदूषण 

ध्वनि प्रदूषण जस्ता निरन्तर ठूला आवाजहरूले मानिसहरूको मुटुमा प्रत्यक्ष प्रभाव पार्छन् । २४ घण्टा निरन्तर आवाजको सम्पर्कमा रहनाले मानव शरीर तनावमा पर्छ । यसका कारण रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ । लामो समय सम्म यो अवस्थाले हृदय घात निम्त्याउन सक्छ ।

वायु प्रदूषण 

विमानस्थल नजिकै बस्ने मानिसहरूले ध्वनि प्रदूषण मात्र नभई वायु प्रदूषणको पनि सामना गर्नुपर्छ । हवाईजहाजको इन्जिन र वरपरको ट्राफिकबाट निस्कने धूवाँले हावालाई विषाक्त बनाउँछ । यो विषाक्त हावा फोक्सो र मुटु दुवैको लागि खतरनाक छ । यस्तो हावामा लामो समय सम्म बस्दा शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र मुटु रोगको जोखिम बढ्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!