भारतमा हृयूमन मेटानिमोभाइरस (एचएमपीभी)का तीन केस पुष्टिः दुई कर्नाटक र एक गुजरातमा फेला परे


नयाँ दिल्ली (ब्यूरो) –भारतले सोमवार ‘हृयूमन मेटानिमोभाइरस (एचएमपीभी) का तीन केस पुष्टि गरेको छ । यी मध्ये दुई केस कर्नाटकमा र एक केस गुजरात राज्यमा भेटिएको छ । सबै केस बालबालिकामा फेला परेका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का अनुसार, कर्नाटकका दुई केस नियमित श्वास सम्बन्धी भाइरसहरूको निगरानीका क्रममा पत्ता लगाइएका हुन्।

कर्नाटकमा भेटिएका केसहरू 

बेंगलुरु स्थित बैपटिस्ट अस्पतालमा तीन महिने बालिका, जसलाई ब्रोंको निमोनियाको कारण अस्पताल भर्ना गरिएको थियो, उनलाई एचएमपीभी पुष्टि भएको छ । उपचारपछि उनलाई अस्पतालबाट डिस चार्ज गरिएको छ ।

यस्तै, आठ महिने बालक, जसलाई सोही अस्पतालमा ब्रोंको निमोनियाँको कारण भर्ना गरिएको थियो, जनवरी ३ मा एचएमपीभी पोजिटिभ पाइएको थियो । ती बालक अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । दुवै बालबालिकाको अन्तर्राष्ट्रिय यात्राको कुनै इतिहास नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गुजरातमा फेला परेको केस 

गुजरातको अहमदाबाद स्थित चन्दखेडा क्षेत्रमा रहेको निजी अस्पतालमा, राजस्थानको डूंगरपुरका बालक लाई डिसेम्बर २४ मा श्वसन संक्रमणका लक्षण सहित भर्ना गरिएको थियो । परीक्षण पछि उनलाई एचएमपीभी पोजिटिभ पाइएको अहमदाबाद नगर निगमका चिकित्सा अधिकारी डा. भभिन सोलंकीले बताएका छन् ।

स्वास्थ्य विज्ञहरूको सुझाव 

एचएमपीभी नया भाइरस नभएकाले यो सामान्य फ्लू जस्तै संक्रमण गर्ने बताइएको छ। यसले डराउनुपर्ने अवस्था नरहेको विज्ञहरूले जोड दिएका छन् ।

हालसम्म एचएमपीभी को कुनै खोप उपलब्ध नभए पनि नियमित फ्लू खोप र तीन डोजको कोभिड खोपले पनि यसबाट प्रतिरक्षा प्रदान गर्ने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

एचएमपीभी भाइरसको स्थिति 

स्वास्थ्य मन्त्रालयका अनुसार, एचएमपीभी विश्व भर नै प्रचलनमा रहेको भाइरस हो। यसले निम्त्याउने श्वसन सम्बन्धी समस्याका केस विभिन्न देशहरूमा रिपोर्ट गरिएको छ ।

सावधानी अपनाउन सुझाव 

  • नियमित रूपमा शारीरिक सर सफाइ कायम राख्ने।
  • भीड भाड बाट बच्ने ।
  • लक्षण देखिएमा तत्काल चिकित्सक सँग परामर्श गर्ने।

यो पनि पढनुस 

‘छिमेकी चीनमा हृयुमन मेटानिमोभाइरसको बढदो प्रकोप, नेपाल मौन’

चीनमा नयाँ भाइरस ‘एचएमपीभी’ को प्रकोपः केहो यो भाइरस ? प्रकोपले महामारी निम्त्याउला ?


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!