रामेछाप जिल्ला अस्पतालमा गर्भवती महिलाको सफल शल्यक्रियाः आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो


रामेछाप– रामेछाप जिल्ला अस्पतालमा गर्भमा जुम्ल्याहा बच्चा रहेको र बच्चाहरूको स्थिति उल्टो रहेको एक महिलाको सफल प्रसुतीजन्य शल्यक्रिया गरिएको छ ।

रामेछाप जिल्लाको लिखु तामाकोसी गाऊ पालिका–६ की ३८ वर्षीया गर्भवती महिलाको सफल प्रसुती जन्य शल्यक्रिया (Caesarean Section) गरिएको हो ।

महिलालाई बिजुली कोट स्वास्थ्य चौकीबाट प्रेषण गरी मंसिर १८ गते राति ७३० बजे नि:शुल्क शल्यक्रिया गरिएको हो । गर्भवती महिलाको गर्भमा जुम्ल्याहा बच्चा रहेको र बच्चाहरूको स्थिति उल्टो (Breech Presentation) भएका कारण तत्काल शल्यक्रिया आवश्यक भएको थियो ।

शल्यक्रियाको नेतृत्व डा. सत्यम पाण्डेय र मेसु डा. केशव श्रेष्ठले गरेका थिए । शल्यक्रियामा डा. डिबी श्रेष्ठ (एनेस्थेसिया), राजेश यादव, ओटीटीएम नर्स शिखा हायू, समीक्षा थापा तथा अन्य स्वास्थ्य कर्मीहरूको सहयोग रहेको थियो ।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न भई हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ । जन्मिएका जुम्ल्याहा बच्चाहरू (दुबै छोरा) को तौल क्रमशः २४०० ग्राम र २५०० ग्राम रहेको छ ।

स्थानीय वासीहरूका अनुसार यस प्रकारका सेवाहरूले ग्रामीण क्षेत्रका जनताले समय मै जीवन रक्षक सेवा पाउने सुनिश्चितता बढाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!