‘ओस्टियउपोरोसिसः बेलैमा चेतौं, नत्र हड्डीहरू खोक्रो भएर सामान्य ठेस लाग्दा पनि भाँचिन सक्छ’


ओस्टियउपोरोसिस जसलाई नेपाली मा अस्थिसुषिरता (Osteoporosis) भनिन्छ एक यस्तो स्वास्थ्य समस्या हो जसमा हड्डीहरू कमजोर र भङ्गुर बन्छन् । जसका कारण सामान्य कार्यहरू जस्तै हिँड्न, सुत्न, वा अन्य शारीरिक क्रियाकलाप गर्न गाह्रो हुन सक्छ ।

यो रोग हड्डीको घनत्व घट्नु का कारण हुन्छ, जसले गर्दा हड्डीहरूको संरचना कमजोर र नाजुक हुन्छ । यसले हड्डी भाँचिने जोखिमलाई निकै बढाउँछ। यो समस्या प्रायः वृद्धावस्थामा देखा पर्दछ, तर कुनै पनि उमेरमा यसको जोखिम हुन सक्छ ।

ओस्टियउपोरोसिस हुनुका कारणहरू

  •  उमेर र हड्डी निर्माणमा कमीः उमेर बढ्दै जाँदा हड्डीहरूको निर्माणको प्रक्रिया सुस्त पर्छ, जसले हड्डीहरूको घनत्व घटाउँछ र यसका कारण हड्डी कमजोर हुन्छ।
  • हर्मोनल परिवर्तनः विशेष गरी महिलामा रजोनिवृत्ति पछि एस्ट्रोजनको कमीले हड्डीको घनत्व घटाउँछ।
  • पोषक तत्त्वहरूको कमीः क्याल्सियम र भिटामिन डिको कमीले हड्डीहरूको मजबुतीमा कमी ल्याउँछ।
  • अनुवांशिकताः परिवारमा ओस्टियउपोरोसिसको समस्या भएको अवस्थामा यसको जोखिम बढी हुन्छ।
  • धूम्रपान र मदिरा सेवनः यी खराब बानीहरूले हड्डीहरूको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँछ।
  • शारीरिक निष्क्रियताः शारीरिक गतिविधिको अभावले पनि हड्डीहरूको घनत्व घटाउन सक्छ।

ओस्टियउपोरोसिसको लक्षणहरू

यस रोगको प्रारम्भिक चरणमा खाँसै लक्षणहरू प्रकट हुँदैनन् । तर, हड्डीहरूको घनत्व घट्दै जानु र कमजोर हुन थालेपछि केही लक्षणहरू देखा पर्न सक्छ

  • पीठको दुखाइः विशेष गरी मेरुदण्डको क्षेत्रबाट सुरु हुने दुखाइ।
  • उचाइ घट्नू : उमेर बढ्दै जाँदा शरीरको लम्बाइ घट्न सक्छ।
  • सजिलै हड्डी भाँचिनु: सामान्य झड्का वा सानो चोट पटकले पनि हड्डी भाँचिन सक्छ।
  • कुब्जपनः मेरुदण्डको टेढो पन शरीरको मुद्रा बिग्रन सक्छ।

ओस्टियउपोरोसिसको निवारण र उपचार

यो रोगलाई रोकथाम गर्न र उपचार गर्न केही प्रभावकारी उपायहरू छन् 

  • स्वस्थ खानपानः क्याल्सियम र भिटामिन डी युक्त आहार ग्रहण गर्नुहोस्। दूध, दही, हरियो सागपात, बदाम, र माछामा क्याल्सियम भरपूर पाइन्छ ।
  • सूर्यको प्रकाशः भिटामिन डिको लागि सूर्यको प्रकाशमा समय बिताउनु होस्। यसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ ।
  • व्यायामः नियमित शारीरिक गतिविधि, जस्तै हिँड्ने, दौडन, वा तौल उठाउने व्यायामले हड्डीको घनत्व बढाउँछ र हड्डीलाई मजबुत बनाउँछ।
  • धूम्रपान र मदिरा परहेजः यी बानीहरूले हड्डीलाई कमजोर बनाउन सक्छ, त्यसैले यसबाट बच्नुपर्छ।
  • औषधि उपचारः डाक्टरले क्याल्सियम सप्लिमेन्ट, भिटामिन डी, र अन्य औषधिहरू सिफारिस गर्न सक्छन् जसले हड्डीको घनत्वमा सुधार ल्याउँछ।
  • डिइएक्सए स्क्यानः हड्डीको घनत्व मापन गर्न ड्युल एनर्जी एक्स–रे एब्जोर्पसियोमेट्री (डिइएक्सए) स्क्यानको उपयोग गर्न सकिन्छ । यसले ओस्टियउपोरोसिसको स्थितिको पहिचानमा मद्दत गर्दछ।

ओस्टियउपोरोसिस एक गम्भीर र सामान्य स्वास्थ्य समस्या हो, जुन समयमै पहिचान र उचित उपचारको माध्यमबाट रोक्न सकिन्छ । स्वस्थ जीवन शैली, शारीरिक व्यायाम र सन्तुलित आहार अपनाएर ओस्टियउपोरोसिसको जोखिम कम गर्न सकिन्छ। (हाडर्जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सम्राट पराजुली लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज का कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुन)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!