अमला वा सुन्तला ? कुनमा सबै भन्दा बढी भिटामिन सी
भिटामिन सी (एस्कार्बिक एसिड) हाम्रो शरीरको लागि धेरै महत्वपूर्ण छ । भिटामिन सी एक पोषक तत्व हो जुन शरीरलाई रक्त नलीहरू, कार्टिलेज, मांसपेशी र हड्डीहरूमा कोलेजन बनाउन आवश्यक छ । भिटामिन सी शरीरको उपचार प्रक्रियाको लागि पनि महत्त्वपूर्ण छ ।
भिटामिन सी एक एन्टिअक्सिडेन्ट हो, जसले तपाई को कोशिकाहरूलाई फ्री रेडिकल हरूका प्रभावबाट बचाउन मद्दत गर्दछ । फ्रि रेडिकलहरूले मुटु रोग, क्यान्सर र अन्य रोगहरूमा भूमिका खेल्न सक्छ ।
भिटामिन सी ले तपाई को शरीरमा फलाम (आइरन) सोस्न र भण्डारण गर्न पनि मद्दत गर्छ । यसले शरीरको प्रतिरक्षा प्रणाली लाई बलियो बनाउँछ, छालालाई स्वस्थ राख्छ र शरीरलाई सङ्क्रमण बाट जोगाउँछ ।
भिटामिन सीको कमीले धेरै समस्याहरू निम्त्याउन सक्छ, जस्तै थकान, छालाको समस्या र प्रतिरक्षा प्रणालीको कमजोरी । तपाई को शरीरले भिटामिन सी उत्पादन गर्दैन, यसैले तपाई ले यसलाई आफ्नो आहारबाट यसलाई प्राप्त गर्नु आवश्यक छ । अमला र सुन्तला दुबै भिटामिन सी का राम्रा स्रोत हुन् तर ती मध्ये कुनमा बढी भिटामिन सी हुन्छ भन्ने प्रश्न हो ।
अमलामा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ । १०० ग्राम अमलामा ६००–७०० मिलि ग्राम भिटामिन सी हुन्छ, जुन हाम्रो दैनिक आवश्यकता भन्दा धेरै बढी हो । यो बाहेक अमलामा आइरन, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ, जुन शरीरका लागि फाइदा जनक हुन्छ ।
सुन्तला समेत भिटामिन सी को राम्रो स्रोत पनि हो, तर यसमा अमला भन्दा कम भिटामिन सी हुन्छ । १०० ग्राम सुन्तलामा करिब ५०–७० मिलि ग्राम भिटामिन सी हुन्छ । सुन्तलाको स्वाद मीठो र स्फूर्ति दायी हुने भएकोले केटाकेटी र युवा माझ निकै रुचाइन्छ । सुन्तलाको जूसले पाचन क्रियालाई पनि सुधार गर्छ र शरीरलाई जल युक्त (हाइड्रेटेड) राख्छ ।
एउटा मध्यम आकारको सुन्तलामा ५१ मिलि ग्राम भिटामिन सी पाइन्छ । यसको दाँजोमा अमलामा धेरै बढी भिटामिन सी हुन्छ । एउटा मध्यम आकारको अमलामा ३०० देखि ४०० मिलि ग्राम भिटामिन सी हुन्छ ।
परिमाणात्मक रूपमा नाप्ने हो भने एउटा अमलामा पाइने भिटामिन सी दुई वा यो भन्दा बढी सुन्तलाको बराबर हुन्छ । अमलामा सुन्तलाको दाँजोमा २० गुणा बढी भिटामिन सी हुन्छ ।
अमला र सुन्तलामा भिटामिन सी को मात्रामा भिन्नता छ तर दुवैका आ आफ्नै फाइदा छन् । आफ्नो रोग प्रतिरोधी क्षमता बलियो बनाउन चाहनेहरूका लागि अमला राम्रो हुन्छ, किनभने यसमा भिटामिन सी बढी हुन्छ । साथै, सुन्तला स्वादमा राम्रो हुने भएका ले यसलाई दैनिक आहारमा सजिलै समावेश गर्न सकिन्छ ।
यदि तपाइ बढी भिटामिन सी चाहनु हुन्छ भने, अमला उत्तम विकल्प हो, एउटा अमलाले तपाइको भिटामिन सी को दैनिक आवश्यकता पूरा गर्न सक्छ ।
यदि कुनै व्यक्तिले ५० ग्राम अमला खान्छ भने उसको शरीरमा भिटामिन सीको कमी हुँदैन । यसलाई त्यसै वा तरकारी, अचार वा चटनीको रूपमा समेत लिन सकिन्छ ।
तर सुन्तला पनि भिटामिन सी को राम्रो स्रोत हो । यी दुईको सन्तुलित सेवन स्वास्थ्यका लागि फाइदा जनक हुन सक्छ । दुवै फलफूलबाट तपाईलाई भिटामिन सी का साथै अन्य पोषक तत्व पनि पाइन्छ, जसले तपाइको स्वास्थ्यलाई राम्रो राख्छ । (विज्ञ चिकित्सक र आहारविद वाट चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)
प्रतिक्रिया दिनुहोस