अनुसन्धान
‘तपाई प्रत्येक साता एउटा क्रेडिट कार्ड बराबरको प्लास्टिक निल्दै हुनु हुन्छ’
एक वर्षमा २६० ग्राम माइक्रोप्लास्टिक निल्दै मनुष्य, बाझो पन देखि क्यान्सर सम्मको जोखिम
नयाँ दिल्ली (ब्यूरो) –हालै गरिएको एक अध्ययन अनुसार मानिसले एक वर्षमा कम्तीमा ५.२ ग्राम र अधिकतम २६० ग्राम माइक्रोप्लास्टिक निल्ने गरेको छ । अर्थात् तपाई अनजान मै क्रेडिट कार्ड जति को प्लास्टिक प्रत्येक साता निल्दै हुनु हुन्छ ।
यो अध्ययन अस्ट्रेलियाको न्युक्यासल युनिभर्सिटीका प्राध्यापक धावा पलानीसामीले गरेका हुन । जुन अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) , नयाँ दिल्ली मा आयोजित एक कार्यक्रममा प्रस्तुत गरिएको हो ।
माइक्रोप्लास्टिक एक दमै साना प्लास्टिक कणहरू हुन्, जुन खाना र श्वास प्रश्वास बाट मानव शरीरमा प्रवेश गर्छ । यी खतरनाक कणहरू धाराको पानी, बोतलको पानी, मह, नुन र बियरमा समेत पाइन्छ ।
यो समस्या समुद्री खाना (सी फुड) मा झनै गम्भीर छ । समुन्द्रमा रहेको प्लास्टिकको फोहोर समुद्री जीवको माध्यमले मानिस सम्म पुग्छ । यस बाहेक हावामा भएका माइक्रोप्लास्टिक पनि श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्छ ।
माइक्रोप्लास्टिकले रोगको जोखिम बढाउँछ
एम्सका प्राध्यापक डा. रीमा दादाका अनुसार माइक्रोप्लास्टिकले मनुष्यको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । जसका कारण मधुमेह, थाइराइड, स्नायु सम्बन्धी समस्या र क्यान्सर जस्ता गम्भीर रोगको जोखिम बढ्दै गएको छ । यसले बाझो पन पनि निम्त्याउन सक्छ ।
सबै भन्दा बढी प्लास्टिक कण पानीमा
प्राध्यापक धावाको अध्ययन अनुसार अधिकांश माइक्रोप्लास्टिक धाराको पानी र बोतलको पानीमा पाइएको छ । विशेष गरी बोतलको पानीमा प्लास्टिकको मात्रा बढी हुन्छ । यस बाहेक नुन, मह र चिनी जस्ता वस्तुहरू पनि प्लास्टिक बाट दूषित छन् ।
के हाे माइक्रोप्लास्टिक
नेशनल ओशिनिक एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (नोआ) का अनुसार माइक्रोप्लास्टिक भनेको ०.२ इन्च (५ मिलिमिटर) भन्दा सानो प्लास्टिक को कण हो। हेर्नमा तिनीहरूको आकार तिलको बीउ बराबर हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस