‘जर्मनीका राजदूत डा. शैल रूपाखेती लाई चिकित्सक संघको बधाई र शुभकामना’


काठमाडौँ – नेपाल चिकित्सक संघले डा. शैल रूपाखेती जर्मनीको राजदूत नियुक्ति भएकोमा मङ्गलबार विशेष कार्यक्रम आयोजित गर्दै बधाई तथा शुभकामना दिएको छ।

उक्त कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की, महासचिव डा.सञ्जीव तिवारी र बरिष्ठ उपाध्यक्ष डा. बद्री रिजाल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. अन्जनी झा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्यान्स ) का शिक्षाध्यक्ष डा.लोचन कार्की, प्रा. डा. मणिन्द्र रञ्जन बराल, प्रा. डा.भोजराज जोशी, डा.मुक्तिराम श्रेष्ठ लगायतकाले डा. रुपा खेतीलाई बधाई र शुभकामना दिएका थिए।

चिकित्सक संघका आजीवन सदस्य रहेका डा. रूपाखेती गत आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल सँग पद तथा गोपनियताको शपथ लिएका हुन् । उनी बिहीबार जर्मनी गइरहेका छन्।

नेपाल शल्य चिकित्सक समाज (सोसाइटी अफ सर्जन्स नेपाल) का महासचिव समेत रहेका डा. रूपाखेती शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा क्याबिनेट चिकित्सकको रूपमा कार्यरत थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!