अनुसन्धान
किन हुन्छ महिनावारीको समय बढी पीडा ?
हालै गरिएको एक अनुसन्धानले महिनावारीको दुखाइ र मानसिक स्वास्थ्य बीचको चकित पार्ने सम्बन्ध लाई प्रकट गरेको छ ।
उसो महिनावारीको दुखाइ, जसलाई प्रायः ‘र्क्याम्प्स’ भनिन्छ, सामान्य हो र मासिक धर्म चक्रको समयमा दुखाइको तीव्रता र उपस्थिति व्यक्ति विशेषमा निर्भर गर्दछ । जे होस्, कहिले कही यी सधैँको दुखाइहरू व्यवस्थापन र सामना गर्न गाह्रो हुन्छ ।
महिनावारीको यो गम्भीर दुखाइलाई ‘डिस्मेनोरिया’ भनिन्छ । जर्नल ‘ब्रिफिङ इन बायो इन्फरमेटीक्स’ मा प्रकाशित अध्ययनले डिप्रेसन (उदासी रोग) बाट पीडित महिलालाई महिनावारीको समयमा दुखाइ (डिस्मेनोरिया) हुने सम्भावना बढी हुने देखाएको छ ।
अनुसन्धान कर्ताहरूले मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्य बीच गहिरो सम्बन्ध रहेको पुष्टि गरेका छन् । यद्यपि, यो निष्कर्ष निकालियो की महिनावारी दुखाइ डिप्रेसनको कारण बन्दैन ।
पुरुषको तुलनामा महिलामा डिप्रेसनको समस्या दोब्बर बढी हुने तथ्याङ्कले देखाएको छ । डिप्रेसनबाट पीडित महिलाले मानसिक मात्र नभई गम्भीर शारीरिक लक्षणहरूको पनि सामना गर्नुपर्ने हुन्छ ।
आनुवंशिक विविधता को प्रभाव
चीन र बेलायतका वैज्ञानिकहरूले यस विषयमा संयुक्त रूपमा अनुसन्धान गरेका थिए । तिनिहरूले आनुवंशिक विविधताहरू को विश्लेषण गरेर ती जिनहरूको पहिचान गरे जसले डिप्रेसन र महिनावारी को दुखाइ बीचको सम्बन्धलाई प्रभाव पार्न सक्छ ।
निन्द्राको भूमिका
डिप्रेसन र महिनावारीको दुखाइमा पनि निन्द्राले महत्वपूर्ण भूमिका खेल्छ । अध्ययनहरूले देखाएको छ कि निन्द्रामा गडबडीले महिनावारीको दुखाइ बढाउन सक्छ । यसले देखाउँछ कि यी दुवै समस्याहरू बुझ्न र समाधान गर्न निन्द्रा को समस्याहरूमा ध्यान दिन आवश्यक छ ।
समग्र दृष्टिकोणको आवश्यकता
अनुसन्धान कर्ताहरूले मानसिक स्वास्थ्य र प्रजनन स्वास्थ्यको उपचार गर्दा समग्र दृष्टिकोण अपनाउनु पर्ने सुझाव दिएका छन्। मानसिक विकार र महिनावारी दुखाइलाई छुट्टा छुट्टै नभई अन्तर सम्बन्धित रूपमा हेर्नुपर्छ ।
मानसिक स्वास्थ्य जाँचको महत्व
अनुसन्धान अनुसार महिनावारी को गम्भीर पीडा बाट पीडित महिलाका लागि मानसिक स्वास्थ्य जाँच आवश्यक रहेको छ । उनीहरूको उपचारमा मानसिक र शारीरिक दुवै स्वास्थ्यको ख्याल राखिएको सुनिश्चित गर्नु पर्छ ।
डिप्रेसन र महिनावारीको दुखाइ बीचको सम्बन्ध एक जटिल तर महत्वपूर्ण मुद्दा हो । यस अनुसन्धानले महिलाको मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्न एकीकृत दृष्टिकोणको आवश्यकतामा जोड दिन्छ ।
प्रतिक्रिया दिनुहोस