राष्ट्रिय चिकित्सक सङ्घः लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा डा.समीर आचार्य र महासचिवमा डा.सम्राट पराजुली


बुटवल– राष्ट्रिय चिकित्सक सङ्घ, नेपालको लुम्बिनी प्रदेशको तेस्रो महाधिवेशनले डा. समीर आचार्यको नेतृत्वमा २१ सदस्यीय प्रादेशिक कमिटी गठन गरेको छ ।

उक्त कमिटी को उपाध्यक्षमा डा. रमेश भट्टराई र डा. पुष्पराज रिजाल सँगै महासचिव मा डा.सम्राट पराजुली निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा डा. अमृता पाण्डे, उप उपसचिवमा डा. कृति पाल सुवेदी रहेका छन् ।

यस्तै सदस्यहरूमा डा. युधिष्ठिर राज खड्का, डा. खगेन्द्र आचार्य, डा. अरुण ज्ञवाली, डा. विनोद सिंह, डा. परिधि भट्टराई, डा. कृष्णा खरेल, डा. सुबश शर्मा, डा. सङ्गीता अधिकारी, डा. विशाल काफ्ले र डा. जितेन्द्र कोइराला निर्वाचित भएका हुन ।

उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल को प्रमुख आतिथ्य सम्पन्न महाधिवेशनको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश मुख्य मन्त्री, स्वास्थ्य मन्त्री, पूर्व मुख्य मन्त्री लगायतका उपस्थिति थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!