‘स्वास्थ्य मन्त्रीले भने औषधिमा मानिसहरू धेरै ठगिएका छन्, यसको मूल्य समायोजन आवश्यक’
काठमाडौं–स्वास्थ्य मन्त्री प्रदीप पौडेलले औषधिमा मानिसहरू धेरै ठगिएको जनाउँदै मूल्य समायोजन आवश्यक रहेको बताएका छन् । उनले औषधि व्यवस्था विभाग लाई व्यवस्थित गर्ने समेत जनाएका हुन ।
स्वास्थ्य मन्त्रीले पौडेलले बिहीवार राजधानीमा आयोजित स्वास्थ्य मन्त्रालयको तिन दिने राष्ट्रिय संयुक्त वार्षिक समीक्षा २०८०–८१ लाई सम्बोधन गर्दै औषधिको मूल्य समायोजन गर्नु पर्ने कुरा बताएका हुन ।
‘औषधिमा मूल्य समायोजन गर्नु जरुरी छ’, स्वास्थ्य मन्त्री पौडेलले भने–‘मेरो विचारमा औषधिमा मान्छेहरू धेरै ठगिएका छन् ।’ स्वास्थ्य मन्त्री पौडेलले स्पष्ट रूपमा आफ्नो कार्य योजना बारे प्रस्ट्याउँदै भने –‘औषधिको मूल्य समायोजन गर्ने, यथोचित मूल्य निर्धारण गर्ने र नागरिक लाई अतिरिक्त मूल्य, ठगिने स्थिति हुन नदिने ।’
स्वास्थ्य मन्त्रीले औषधि विक्री वितरण हुने पसल लगायतका मा मूल्य शुचि टाँस्नु पर्ने र फार्मेसी पढेकाहरूले मात्र सञ्चालन गर्न पाउनु पर्ने समेत जनाए ।
‘सबै फार्मेसी पसलले कुन, कुन औषधि त्यो पसलमा उपलब्ध छ त्यसको मूल्य कति हो, सार्वजनिक रूपमा टाँस्नु पर्ने छ’, स्वास्थ्य मन्त्रीले ‘फर्मासिस्ट र सहायक फर्मासिस्ट बाहेक अरुले औषधि वितरण गर्ने नपाउने स्थिति हामीले बनाउनु पर्छ ।’
उनले सरकारी अस्पतालमा डाक्टरले प्रस्ताव गरेको ब्रान्ड नेमको औषधि त्यहाँको फार्मेसीमा नपाइने अवस्था लाई गैरकानुनी बनाउनु पर्ने समेत जनाए । स्वास्थ्य मन्त्रीले अस्पतालमा फार्मेसी राखे पछि प्रस्तावित औषधि छैन भन्ने अवस्थाको अन्त गर्न सशक्त अनुगमन सञ्चालन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस