‘नेपाल लगायत दक्षिण पूर्व एशियामा मधुमेहले वर्षेनी ४,८२,००० भन्दा बढीको मृत्यु’

डब्लुएचओले सन् २०२४ को जुन सम्ममा मधुमेह र उच्च रक्तचापको उपचारका लागि तोकिएको प्रोटोकल मा ६ करोड भन्दा बढी मानिस आएको र सन् २०२५ सम्ममा यो सङ्ख्या १० करोड पुग्ने अनुमान गरिएको छ ।


कोलम्बो (श्रीलङका) – दक्षिण पूर्वी एसियामा जसमा नेपाल समेत छ, यहाँ मधुमेहका कारण वर्षेनी ४ लाख ८२ हजार भन्दा बढीको मृत्यु भइरहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले श्रीलङकाको कोलम्बोमा आयोजित ‘विश्व मधुमेह दिवस २०२४’ को दुई दिने क्षेत्रीय बैठकमा मङ्गलवार यस्तो खुलासा गर्दै ब्लड सुगर सँग सम्बन्धित यो गम्भीर समस्या लाई रोकथाम र नियन्त्रणका लागि उपायहरू बढाउन आवश्यक रहेको बताएको छ ।

डब्ल्यूएचओको अनुसार मधुमेह एक गम्भीर विश्वव्यापी स्वास्थ्य समस्या बनेको छ, जसले अन्धो पन, मृगौला फेल, हर्ट एटैक र स्ट्रोक जस्ता ज्यान जोखिममा पार्ने जटिलताहरू निम्त्याउन सक्छ । यद्यपि क्षेत्रीय देशहरूले यसको उपचारमा उल्लेखनीय प्रगति गरेका छन्, तर यो समस्या समाधान गर्न धेरै चुनौतीहरू छन् ।

डब्लुएचओले सन् २०२४ को जुन सम्ममा मधुमेह र उच्च रक्तचापको उपचारका लागि तोकिएको प्रोटोकल मा ६ करोड भन्दा बढी मानिस आएको र सन् २०२५ सम्ममा यो सङ्ख्या १० करोड पुग्ने अनुमान गरिएको छ ।

यसका बाबजुद पनि टाइप १ मधुमेहबाट पीडित २ लाख ६ हजार भन्दा बढी बालबालिका तथा किशोर किशोरीहरूले इन्सुलिन र निगरानीमा पर्याप्त पहुँच पाइरहेका छैनन् । यस बाहेक युवाहरूमा टाइप–२ मधुमेहको सङ्क्रमण पनि बढ्दै गएको छ ।

डब्लुएचओ को ’कोलम्बो कल टु एक्सन’

दक्षिण–पूर्वी एशियाका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक साइमा वाजेदले भनिन्, ‘मधुमेहको उपचार समयमै पहुँचले जीवन बचाउन सक्छ।’ उनले सेवालाई समान, बृहत्, पहुँच योग्य र सस्तो बनाउने कुरा गरिन।

श्रीलङ्काको कोलम्बोमा आयोजित ‘विश्व मधुमेह दिवस २०२४’ को दुई दिने क्षेत्रीय बैठकमा वाजेदले यस्तो बताएकी हुन् । यस वर्षको नारा ‘बाधा तोडौं, खाली ठाउँहरू भरौं’ रहेको थियो ।

स्वास्थ्य विशेषज्ञ र अधिकारीहरूले संयुक्त रूपमा ‘कोलम्बो कल टु एक्सन’ लाई अपनाए, जस अन्तर्गत सदस्य राष्ट्रहरू लाई सँगै काम गर्न, नवीनता ल्याउन, उपचार सुनिश्चित गर्न र जनचेतना जगाउन आह्वान गयो ।

डब्ल्यूएचओका महा निर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो भिडियो सन्देशमा भनेका छन्, ‘मधुमेहबाट पीडित ८० करोड मानिस मध्ये आधा भन्दा बढीले उपचार पाइरहेका छैनन् ।’ यसको रोकथामका लागि पहललाई तीव्रता दिनुपर्ने, सही समयमा पहिचान गरी राम्रो उपचारको व्यवस्था गर्नुपर्ने मा उनले जोड दिए ।

डब्ल्यूएचओले मधुमेहका बिरामीको समयमै उपचार गर्न प्राथमिक स्वास्थ्य सेवालाई मानक उपचार प्रक्रिया, अत्यावश्यक औषधि, राम्रो निदान उपकरण र दक्ष स्वास्थ्य कर्मीले सज्जित गर्न सुझाव दिएको छ।

साइमा वाजेदले यो पनि भनिन्, ‘ मधुमेह रोकथाम गर्नु सरकार, स्वास्थ्य सेवाहरु र समाजको साझा दायित्व हो ।’ मधुमेहका बढ्दो केसहरूलाई रोक्न सबै मिलेर काम गर्न आवश्यक छ, ताकि यसलाई रोक्न सकिन्छ र यसको प्रभावलाई कम गर्न सकिन्छ । सरकार र स्वास्थ्य संस्थाहरूले मधुमेहको राम्रो पूर्वाधार, सचेतना र सस्तो उपचारको सुनिश्चितता गर्नुपर्छ ।

मधुमेहको समयमै पहिचान र यसको प्रभावकारी उपचार सुनिश्चित गर्नु स्वस्थ जीवनको लागि धेरै महत्वपुर्ण छ । मधुमेह एक गम्भीर स्वास्थ्य संकट बनेको छ, जसले लाखौं मानिसहरूलाई असर गरिरहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!