२४ औं अन्तर्राष्‍ट्रिय FERCAP सम्मेलन

‘विश्वको १०% जनसङ्ख्याको लागि ९०% स्वास्थ्य अनुसन्धानको अवस्था अन्त्य आवश्यक’


काठमाडौं– विश्व भरीका १० प्रतिशत जनसङ्ख्याको समस्याको लागि ९० प्रतिशत विश्वव्यापी स्रोत परिचालन हुने हालको अवस्था मा सुधार ल्याउनु पर्ने विज्ञहरूले बताएका छन ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको २४ औं अन्तर्राष्ट्रिय FERCAP सम्मेलन २०२४’ मा को उद्घाटन समारोहमा सोमवार विज्ञहरूले स्वास्थ्य अनुसन्धान को राशि र रोगको बोझको आकारमा रहेको असमानता लाई औँल्याएका हुन ।

विश्वमा देखि राखिएको स्वास्थ्य समस्या र अनुसन्धानमा भएको १०/९० को खाडल पुर्नु आवश्यक रहेको औँल्याउँदै समानता र न्यायको लागि अनुसन्धान विषयमा किनोट स्पिच प्रस्तुत गर्दै प्रा.डा.सरद राज वन्तले हाल समेत १० प्रतिशत विश्वको जनसङ्ख्याको समस्याको लागि ९० प्रतिशत स्रोत परिचालन हुने गरेको दुःखद अवस्था रहेको बताए ।

१०/९० को अन्तर शब्द सन १९९० मा ‘द कमिसन अन हेल्थ रिसर्च फर डेभलपमेन्ट’ को प्रतिवेदनमा उल्लेख गरिएको हो । उक्त प्रतिवेदन मा विश्वको ९० प्रतिशत स्वास्थ्य समस्याको अनुसन्धान गर्न विश्वको स्वास्थ्य स्रोतको १० प्रतिशत मात्र उपयोग हुने गरेको पाइएको उल्लेख छ ।

नेपाल जस्तो मुलक ले स्वास्थ्य अनुसन्धान मा व्यापक खर्च गर्न नसक्ने भएकोले विश्वव्यापी गरिने अनुसन्धानमा निर्भर रहनु परेको वर्तमान अवस्था औँल्याउँदै डा.वन्तले अगाडि थपे–‘१० प्रतिशत विश्वव्यापी स्रोतको परिचालन संसारका ९० प्रतिशत जनसङ्ख्याको लागि हुनु नेपाल लगायतका बहुसङ्ख्यक मुलुक हरको लागि सकारात्मक अवस्था होइन ।’

‘उत्तरदायी अनुसन्धान अधिकतम लाभ’, को नारा सहित ‘फोरम फर इथिकल रिभ्यु कमिटी इन द एसिया एण्ड वेस्टर्न प्यासीफिक’, को ४ दिने २४ औ शिखर सम्मेलन नेपालमा गत आइत बार देखी शुरु भएको हो ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उक्त सम्मेलनको औपचारिक उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा स्वास्थ्य मन्त्री पौडेल सहित चिकित्सा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा.प्रमोद जोशी र FERCAP का अध्यक्ष केन्जी हिरायामा ले समेत आफ्नो धारणा राखेका थिए ।

सम्मेलनमा अमेरिका, क्यानेडा, जर्मनी, भारत, जापान, केन्या, कोरिया, मलेशिया, नर्वे, पाकिस्तान, फिलिपिन्स, स्विटजरलैण्ड, ताइवान, तान्जेनिया, थाइल्याण्ड युगाण्डा, इथियोपिया र नेपालका विशेषज्ञहरू सहभागी छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!