‘चीन सरकार द्वारा क्षेत्र पाटी चिकित्सालय लाई विद्युतीय सवारी साधन उपहार’
काठमाडौं — चीन सरकारले क्षेत्र पाटी निःशुल्क चिकित्सालय लाई विद्युतीय सवारी साधन उपहार दिएको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शनिवार एक कार्यक्रमका बीच काठमाडौं को क्षेत्रपाटीमा रहेको चिकित्सालयलाई विद्युतीय सवारी साधन हस्तान्तरण गरेका हुन् ।
राजदूत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको विद्युतीय सवारी हस्तान्तरण गर्दै बताए । उक्त कार्यक्रममा उप प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिए । सिंहले भने–‘विश्वमा चर्चा भइ रहेको कार्बन डाई अक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरूको ठूलो भूमिका हुने भएकोले चिकित्सालय लाई चीन सरकारले जुन गाडी उपलब्ध गराएको छ यसको लागि वहाँहरूलाई धन्यवाद दिन चाहन्छु ।’
एमआरआईको लागि चिनियाँ राजदूत सँग अनुरोध
महा नगरपालिका वाट मेमो ग्राम आइ सकेको र सिटी स्क्यान मेसिन आउँदै गरेको जनाउँदै क्षेत्र पाटी निःशुल्क चिकित्सालय का अध्यक्ष डा.मनोज मान श्रेष्ठले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ सँग एमआरआई मेसिन सहयोग को लागि अनुरोध गरे ।
डा.श्रेष्ठले चिकित्सालयको पुरानो भवनलाई ‘वीर गणेश मान भवन’ बनाउन र कन्या मन्दिर स्कूल सँग मिलेर नर्सिङ कलेज शुरु को लागि पहल गर्न समेत सबै सँग आग्रह गरे ।
काठमाडौं को क्षेत्र पाटी चौकमा रहेको चिकित्सालय २०१३ साल माघ २३ गते श्रीपञ्चमी को दिन स्थापना गरिएको हो । यसले वार्षिक ९० हजार भन्दा बढी बिरामीलाई चिकित्सा सेवा प्रदान गर्दै आएको छ । हाल सम्म चिकित्सालयले ४० लाख भन्दा बढी बिरामीलाई चिकित्सा सेवा प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस