झाँसी मेडिकल कलेज को शिशु वार्डमा भीषण आगलागी, १० नवजात बाल बालिकाको जलेर मृत्यु


नयाँ दिल्ली (ब्युरो) – भारतको उत्तर प्रदेशको झाँसी स्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजको शिशु वार्डमा शुक्रबार राति भीषण आगलागी भएको छ ।  दुर्घटनामा १० नवजात बालबालिका जलेर मृत्यु भएको छ ।

बालबालिकाको वार्डमा सर्ट सर्किट ले आग लागी भएको हो ।  ६ वटा दमकल घटनास्थलमा पुगेका थिए । डिस्ट्रिक्ट मजिस्ट्रेट (डिएम) झाँसीले १० बालबालिका को मृत्यु भएको पुष्टि गरेका छन् ।

उत्तर प्रदेस का मुख्य मन्त्री योगी आदित्यनाथले झाँसी का  कमिसनर र डीआईजीलाई घटनाको छानबिन गर्न र १२ घण्टा भित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका छन्।

डीएम अविनाश कुमारले भने कि दुर्घटनाको समयमा उपस्थित मेडिकल कलेजका एनआईसीयू कर्मचारीहरू बाट प्राप्त प्रारम्भिक जानकारी अनुसार, यसको कारण एनआईसीयू को भित्री इकाईमा भएको सर्ट सर्किट थियो। जसले गर्दा शुक्रवार राती १०.३० देखी १०. ४५  बजे को बिच मा आगलागी भयो।

एनआईसीयू मा दुई वटा वार्ड छन्।  बाहिर वार्डमा रहेका सबै बालबालिकालाई बचाइयो ।  गम्भीर अवस्था का बालबालिका लाई भित्र भर्ना गरिएको थियो ।  जसमध्ये १० बालबालिकाको मृत्यु भएको जानकारीछ धेरै बालबालिका घाइते भएका छन् ।  सबैको उपचार भइरहेको छ ।  घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!