एनएमए स्पोर्ट्स फेस्ट

‘नेपाल चिकित्सक सङ्घको दुई दिने खेलकुद उत्सव’


काठमाडौं–नेपाल चिकित्सक सङ्घले चिकित्सक र मेडिकल कलेजका विद्यार्थीहरूले आफ्नो शारीरिक र मानसिक स्वास्थ्य लाई समेत पहिलो प्राथमिकता मा राख्नु पर्ने नारा सहित बिहीवार देखि भरतपुरमा ‘पहिलो नेपाल चिकित्सक सङ्घ खेलकुद उत्सव (फस्ट एनएमए स्पोर्ट्स फेस्ट) आयोजना गरिरहेको छ ।

कार्तिक ३० गते देखि आयोजना हुने दुई दिने खेलकुद उत्सवमा चिकित्सक सङ्घका देश भरका शाखाहरूका सदस्य, मेडिकल कलेजका विद्यार्थीहरू, अस्पताल स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले भाग लिने सङ्घका महासचिव डा.सन्जिव तिवारीले नेपालहेल्थप्रेस लाई बताए ।

चिकित्सकले आफ्नो काममा मात्र ध्यान नदिई आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा समेत ध्यान दिनु पर्ने जनाउँदै चिकित्सक सङ्घका महासचिव डा.तिवारीले भने–‘डाक्टरहरु पहिले आफू स्वस्थ हुनु पर्यो र नियमित रूपमा शारीरिक गतिविधि व्यायाम आदिमा सक्रिय हुनु सँगै कामको तनाव, दबाब वाट मुक्त हुनु पर्यो ।’

चिकित्सकहरूको शारीरिक र मानसिक स्वास्थ्य लाई सुदृढ गर्न पहिलो पटक सङ्घले खेलकुद उत्सव शुरु गरेको समेत डा.तिवारीले बताए ।

उनको अनुसार मुलुकको धेरै जसो चिकित्सक बर्न आउटको शिकार छन् । विश्व स्वास्थ्य सङ्गठनको अनुसार ‘बर्न आउट सिन्ड्रोम’ कार्यस्थलको दीर्घकालीन तनावको कारण हुन सक्छ । यसको अर्थ काम सँग सम्बन्धित तनाव बढ्दै जानु यो सिन्ड्रोमको प्रारम्भिक लक्षण हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!