डैन्ड्रफकाे घरेलु उपचार
चाया (डैन्ड्रफ) लाई जरै देखि हटाउछ नीम
चाया अर्थात् डैन्ड्रफ ले गर्दा कहिले कहीँ अप्ठ्यारो को सामना गर्नुपर्ने हुन सक्छ । मालासिजिया नामक फङ्गस डैन्ड्रफको लागि जिम्मेवार हुन्छ । चाया बाट छुटकारा पाउने सबै भन्दा सजिलो उपाय भनेको नीमको प्रयोग गर्नु हो ।
चाया एक सामान्य समस्या हो जसले धेरैलाई सताउँछ । टाउको धेरै सुक्खा हुनेमा यो समस्या बढी देखिन्छ । सबैभन्दा नराम्रो कुरा यो हो कि चाया ले तपाइको टाउकोलाई असर मात्र गर्दैन, यसले कपाल झर्ने, पातलो हुने, भाँच्ने र अन्ततः कपाल तालु पनको समस्या समेत निम्त्याउन सक्छ ।
नीमको पातको गुण को उपयोग थुप्रै छाला र कपाल को समस्या हरूको उपचारमा गरिन्छ । यसमा रगत लाई शुद्ध पार्नुका साथै एन्टी माइक्रोबियल तत्व पनि पाइन्छ । एन्टी–इन्फ्लेमेटरी हुनुको अलावा, यो प्रभावकारी रूपमा एन्टिफंगल र एन्टिभाइरल पनि हो । नीमको उपयोग पुर्न सुरक्षित रहे पनि यसलाई उपयोग गर्नु भन्दा अघि एक पटक पैच टेस्ट गर्नु पर्छ । जसले गर्दा कुनै पनि प्रकारको एलर्जी वाट बाच्न सकियोस् ।
चाया के कारणले हुन्छ ?
चायाको मुख्य कारण सुक्खा पन हो भन्ने विश्वास गरिन्छ । तर यो छालाको कोशिकाले गर्दा हुन्छ । जसको आयु धेरै छोटो हुने भएकोले चाँडै बढ्छ र मर्छ । मालासिजिया नामक फङ्गस चायाको लागि जिम्मेवार हुन्छ । जाडो मौसममा यो गर्मी यामको दाँजोमा बढि समस्या दिन्छ ।
चायाको को उपचार के हो ?
यदि सावधान पूर्वक उपचार गरिएन भने, यो फेरि बढ्न सक्छ, चाहे तपाइले जतिसुकै प्रयास गर्नुस् । आम धारणाको विपरीत, चाया बाट छुटकारा पाउनको लागि एक प्रभावकारी तरिका दैनिक शैम्पू गर्नु हो । यसले ती कोशिकाहरूको वृद्धि लाई रोक्छ जसको उमेर कम हुन्छ र यसरी चाया लाई पनि रोक्न सकिन्छ । चाया रोक्न नीम को प्रयोग प्रयोग गर्न सकिन्छ ।
नीमको हेयर मास्क
नीमको हेयर मास्क लगाउनु चाया नियन्त्रण र हटाउन को लागि सबै भन्दा सजिलो उपाय हो । तपाइले के गर्नु पर्छ भने केही नीमको पातहरू लिएर त्यसलाई सिलौटो वा मिक्सरमा पिस्नु पर्छ । यो बाक्लो पेस्ट लाई हेयर मास्क जस्तै पूरै टाउकोमा लगाएर २० मिनेट सम्म छोड्नुस् । जब यो सुक्छ, यसलाई धुनोस् ।
मात्र नीमको पेस्ट लगाउँदा समेत यसले चाया विरुद्ध धेरै राम्रो प्रभाव पार्छ । तर नीमको पेस्ट मा एक ठूलो चम्चा शुद्ध मह समेत मिसाउन सक्नु हुन्छ । यसले थप राम्रो प्रभाव पार्ने गरेको देखिएको छ ।
कन्डिसनरको रूपमा नीमको प्रयोग
नीम लाई तपाइ कपाल धुनु अघि वा पछि समेत प्रयोग गर्न सक्नु हुन्छ र यो अझै पनि धेरै प्रभावकारी हुनेछ । नीमको कन्डिसनर बनाउनको लागि केही नीमको केही पात लिएर उमालेर चिसो पार्नु पर्छ । कपाल मा स्याम्पु गरेपछि यो नीमको मिश्रण अर्थात् कन्डिसनरले कपाल धुनुस् र यसको फायदा अनुभव गर्नुस् ।
नीम र दही को उपयोग
नीम र दहीको संयोजन चाया रोक्नको लागि एक आदर्श उपाय हो । चाया को लागि दही लाई एउटा उपचार मानिन्छ र दहीले कपालको क्युटिकल्स लाई नरम र बलियो समेत बनाउँछ । नीमको पातको पेस्ट बनाएर यसलाई एक कचौरा दही राखेर मिलाउनुपर्छ र टाउकोमा लगाउनु पर्छ । यो पेस्ट लाई २०–२५ मिनेट सम्म टाउको मै छोडेर पछि धुनु पर्छ । नीमको एन्टी फंगल गुणहरू साथै दहीको सुखदायक र शीतल प्रभावहरूले चाया सँग लड्न सघाउँछ ।
नीमको तेल
कपालमा चाया को समस्या भएकाहरूको लागि नीमको तेल प्रयोग फायदा जनक हुन सक्छ । यसले चिलाउने समस्या र चाया बाट राहत दिन्छ । यो टाउकोको लागि धेरै लाभदायक छ । नीमको तेलले कपालको फोलिकल्सलाई बलियो बनाउँछ र कपाल टुट्न बाट रोक्छ । साता मा २ – ३ पटक नीमको तेलको प्रयोग फायदा जनक मानिन्छ । (आयुर्वेदिक चिकित्सक द्वारा चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)
प्रतिक्रिया दिनुहोस