स्वास्थ्य पत्रकार कल्पना आचार्य र धनबहादुर खड्का पुरस्कृत
काठमाडौं– स्वास्थ्य पत्रकार कल्पना आचार्य र धन बहादुर खड्काले ग्लोबल एएमआर मिडिया अवार्ड प्राप्त गरेका छन् । एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एमएमआर) का विषयमा उत्कृष्ट रिपोर्टिङ गरे बापत हेल्थ टिभी अनलाइन की प्रधान सम्पादक आचार्य र स्वास्थ्य खबर पत्रिका का कार्यकारी सम्पादक खड्काले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।
ग्लोबल एएमआर मिडिया अलायन्सले आयोजना गरेको चौथो ग्लोबल मिडिया फोरममा अवार्ड विजेताको नाम सार्वजनिक गरिएको थियो ।
आचार्यले एएमआरका विषयमा भएको युनाइटेड नेसन्स जनरल एसेम्बली (युएनजीए) हाइलेभल मिटिङका क्रममा गरिएका रिपोर्टिङ आधारमा उक्त अवार्ड प्राप्त गरेकी हुन ।
६ विधामा सम्मान गरिएको भए पनि एएमआर सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय उच्च स्तरीय बैठकबारे रिपोर्टिङ गर्नेमा आचार्य मात्र छानिएकी हुन् ।
खड्काले ‘अलार्मिङ एमएमआर : २१ एन्टिबायोटिक रेसिस्टेन्स वन पेसेन्ट’ शीर्षकमा प्रकाशित समाचार ‘प्रभाव हीन बन्दै एन्टिबायोटिक’ को लागि साउथ इस्ट एशिया रिजनबाट अवार्ड प्राप्त गरेका हुन् । ग्लोबल एएमआर मिडिया अलायन्सले पहिला पटक यो वर्षदेखि एएमआर अवार्ड प्रदान गर्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस