प्रोटिन र खनिजको खजाना चिनियाँ बदाम, महँगो बदाम को दाँजो धेरै सस्तो भए पनि फाइदा उस्तै


चिनियाँ बदाम अर्थात् ‘पिनट’ को मूल्य बदाम भन्दा धेरै कम हुने र यसमा प्रशस्त मात्रामा पौष्टिक तत्व हुने भएकोले यसलाई गरिबको बदाम भनिन्छ ।

जाडो याममा चिनियाँ बदाम ‘पिनट’ खानु निकै फाइदा जनक मानिन्छ । किनभने यो पौष्टिकता भरपूर हुन्छ । यसको मूल्य बदाम भन्दा पनि कम हुन्छ । उसो सन्तुलित मात्रामा बदाम समेत हरेक मौसममा फाइदा जनक मानिन्छ ।

राति चिनियाँ बदाम खादा शरीरको मेटाबोलिजमलाई गति दिन र शरीरको तापक्रम कायम राख्न सकिने धेरै अनुसन्धानले देखाएको छ । बदामको जति बेला पनि सेवन गर्दा शरीरलाई फायदा पुर्याउँछ ।

बढी मूल्य पर्ने बदाम जस्तै सस्तोमा पाइने चिनियाँ बदाम स्वास्थ्यका लागि धेरै फाइदा जनक हुन्छ । चिनियाँ बदाममा प्रचुर मात्रामा प्रोटिन, हेल्दी फ्याट र रेशा (फाइबर) पाइन्छ । यसमा भिटामिन ‘ई’ हुन्छ, जसले शरीरलाई रोगबाट बचाउन मद्दत गर्छ ।

चिनियाँ बदाममा थियामिन, नियासिन र फोलिक एसिड जस्ता बी भिटामिन हुन्छ । जसले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्छ र स्नायु प्रणालीलाई बलियो बनाउँछ ।

यसमा म्याग्नेसियम, फस्फोरस र पोटासियम जस्ता खनिजहरू समेत हुन्छन्, जुन हाड लाई बलियो बनाउन आवश्यक मानिन्छ । चिनियाँ बदाममा आइरन र जिंक पनि हुन्छ । जसले रगत निर्माण गर्न र शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।

चिनियाँ बदाममा पाइने एन्टि अक्सिडेन्ट र हेल्दी फ्याट मुटुको स्वास्थ्यका लागि निकै फाइदा जनक हुन्छ । यद्यपि यसमा क्यालोरीको मात्रा धेरै हुन्छ ।

अति फाइदा कारी सबै को सजिलै पहुँचमा रहे पनि केही व्यक्ति लाई चिनियाँ बदाम बाट एलर्जी हुने समस्या समेत देखिने गरिन्छ । यस्ता व्यक्तिलाई बदामको सेवनबाट जोगिनु पर्छ र चिकित्सकीय सल्लाह लिनु पर्छ ।

चिनियाँ बदाम खानुका फाइदा

  • चिनियाँ बदाममा मोनोअनस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड जस्ता स्वस्थ कर बोसो हुन्छ, जसले मुटुको स्वास्थ्यमा सुधार गर्छ । यी स्वस्थ बोसोले कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्छ भने मुटु रोगको जोखिम समेत कम गर्न सक्छ । कागजी बदाममा भिटामिन ई जस्ता एन्टिअक्सिडेन्ट पाइन्छ, जुन मुटुकालागि धेरै फाइदा जनक हुन्छ।
  • बदाम जस्तै चिनियाँ बदाममा पनि प्रोटिन प्रशस्त हुन्छ । प्रोटिनले मांसपेशीको वृद्धि बढाउँछ र शरीरलाई शक्ति प्रदान गर्छ । चिनियाँ बदाममा पाइने प्रोटिनले शरीरलाई लामो समय सम्म भरिपूर्ण राख्न पनि मद्दत गर्छ, जसले तौल नियन्त्रण गर्न सघाउँछ ।
  • चिनियाँ बदाम मस्तिष्कका लागि निकै फाइदा जनक मानिन्छ । बदाममा थायमिन र नियासिन जस्ता बी भिटामिन हुन्छ, जसले मस्तिष्कको कार्य क्षमता बढाउन मद्दत गर्छ । यी भिटामिनहरूले स्नायु प्रणालीलाई पनि मर्मत गर्न सक्छ । बदाममा म्याग्नेसियम हुन्छ, जसले तनाव कम गर्न मद्दत गर्छ ।
  • चिनियाँ बदाममा म्याग्नेसियम, फस्फोरस र क्याल्सियम जस्ता खनिजहरू पाइन्छ, जुन हड्डीलाई मजबुत राख्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ । यी खनिजहरूले हड्डी बलियो बनाउन मद्दत गर्दछ । दैनिक चबदाम खाँदा हड्डी मजबुत रहन्छ र ओस्टियोपोरोसिस जस्ता रोगबाट बच्न सकिन्छ ।
  • कागजी बदाममा फाइबर अर्थात् रेशा पाइन्छ । फाइबरले पाचन क्रियालाई सुधार गर्छ र कब्जियतको समस्याबाट राहत दिन्छ । यसमा जिङ्क र फलाम हुन्छ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर सङ्क्रमणबाट जोगाउँछ । बदामको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, जसले ब्लड सुगरलाई कायम राख्न मद्दत गर्छ ।

ग्लाइसेमिक इन्डेक्स (जिआई) एक मापन प्रणाली हो जुन मापन गर्न प्रयोग गरिन्छ कि खानामा कार्बोहाइड्रेटहरू कति चाँडै ग्लुकोजमा परिणत हुन्छन् र रक्त प्रवाहमा प्रवेश गर्छ । (विज्ञ चिकित्सक र आहार विद् वाट चिकित्सा समीक्षा गरिएको स्वास्थ्य सामाग्री)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!