अनुसन्धान
‘अध्ययनले भन्छ, घुर्नु र उच्च रक्तचाप बीच सम्बन्ध छ’
अस्ट्रेलियामा गरिएको एक अनुसन्धान अनुसार राती नियमित रूपमा घुर्ने मानिसहरूलाई उच्च रक्तचाप र अनियन्त्रित हाइ ब्लड प्रेसर हुने सम्भावना बढी हुने देखाएको छ ।
दक्षिण अष्ट्रेलियाको फ्लिन्डर्स युनिभर्सिटीका अनुसन्धान कर्ताहरुले गरेको एक अध्ययनले घुर्नु र उच्च रक्तचाप बीचको सम्बन्ध पत्ता लगाएको हो ।
उच्च रक्तचाप तब हुन्छ जब व्यक्तिको रक्त नलीमा दबाब धेरै बढ्छ । यसले मुटुमा गम्भीर क्षति पुर्याउन सक्छ र हृदय घात, स्ट्राेक, हर्ट फेल हुनु र मुटु सँग सम्बन्धित अन्य समस्याहरू निम्त्याउन सक्छ ।
उक्त अध्ययनमा १२ हजार २ सय ८७ सहभागीहरूले भाग लिएका थिए । उनीहरू मध्ये १५ प्रतिशतले ६ महिनाको निगरानी अवधिमा औसतमा २० प्रतिशत भन्दा बढी राती घुर्ने गरेका थिए र उच्च घुर्ने व्यक्तिमा ३.८ एमएमएचजी उच्च सिस्टोलिक रक्तचाप र ४.५ एमएमएचजी उच्च डायस्टोलिक रक्तचाप भएको पत्ता लागेको छ । रक्तचाप लाई दुई संख्या मा जस्तै १२०/८० को रूपमा व्यक्त गरिन्छ । पहिलो नम्बर सिस्टोलिक रक्तचाप र दोस्रो नम्बर डायस्टोलिक रक्तचाप हो । धेरै घुर्नेहरूमा, न घुर्ने को दाँजोमा उनीहरूको सिस्टोलिक रक्तचाप ३.८ एमएमएचजी तथा डायस्टोलिक रक्तचाप ४.५ एमएमएचजी बढी थियो ।
यो संसारमा पहिलो यस्तो अध्ययन हो जसमा धुर्नु र उच्च रक्तचाप बीच सम्बन्धको जाँच गर्न लामो समय सम्म, थुप्रै राती सम्म घरमा निगरानी गरियो । अध्ययन सहभागीहरू मध्यम उमेर समूहका थिए र ८८ प्रतिशत पुरुष थिए ।
‘पहिलो पटक, हामी निष्पक्ष रूपमा भन्न सक्छौं कि नियमित राती घुर्ने र उच्च रक्तचाप बीच ‘एक महत्वपुर्ण सम्बन्ध छ’, फ्लिन्डर्स युनिभर्सिटी मा कलेज अफ मेडिसिन एण्ड पब्लिक हेल्थका एवं अनुसन्धानका प्रमुख लेखक बास्टियन लैचैटले भने ।
प्रतिक्रिया दिनुहोस