‘मंसिर १ देखी १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क’


काठमाडौं– स्वास्थ्य मन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । समयमै उपचार गर्न सकिए निको गर्न सकिने बालबालिकाको क्यान्सर उपचार मंसिर १ गतेबाट निःशुल्क हुने व्यवस्था मिलाइएको छ ।

नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । सरकारी अस्पतालहरू मा क्यान्सरको निःशुल्क उपचार गर्ने निर्णय स्वास्थ्य मन्त्री पौडेलले आइतवार मन्त्री स्तरीय निर्णय गर्दै गरेका न ।

यस अन्तर्गत अब काठमाडौं उपत्यकामा कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पताल र भरतपुरमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

राज्यको सामर्थ्यका आधारमा धेरै धनराशि खर्च हुने क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रालयको नीति अनुसार हाल यो व्यवस्था बालबालिकाबाट शुरु गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल हुने मृत्यु मध्ये दुई तिहाइ भन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ । त्यस मध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा द्वारा सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । नेपालमा सन् २०२२ मा २२ हजार नयाँ बिरामी देखिएका मा १४ हजार बढीले ज्यान गुमाएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!