पेन्टमा लेड विषाक्तता

‘मुलुकमा उत्पादित झन्डै आधा जति पेन्टमा सिसाको अत्यन्त उच्च मात्रा’


काठमाडौं– नेपालमा साना र मझौला उद्योग द्वारा उत्पादित झन्डै आधा जति पेन्टमा सरकारी मापदण्ड विपरीत अत्यन्त बढी मात्रामा लेड विषाक्तता रहेको छ ।

सिनर्जी, टाटा, एन ट्विकंल, लालीगुराँस, रेवा, डालमिया, डिजिटल, र मार्बल ब्राड को पेन्टमा अत्यधिक उच्च मात्रा सिसा पाइएको हो । यस्तो पेन्ट लगाइएको घरमा बस्ने स–ससानो बालबालिका देखी वयस्कहरू मा लेड विषाक्तता हुने उच्च सम्भावना सँगै जीवन पर्यन्त निको नहुने समस्याहरू विकसित हुने सम्भावना हुन्छ ।

जनस्वास्थ्य तथा वातावरण प्रबर्द्धन केन्द्र (सेफेड) द्वारा आयोजित नेपालमा साना र मझौला उद्योग द्वारा उत्पादित पेन्टमा लेड सम्बन्धी अध्ययन प्रतिवेदनमा उक्त कुरा जनाइएको हो ।

सेफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहले लेड सम्बन्धी अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै भने–‘सरकारी मापदण्ड पालना नगरेका ९ वटा मध्ये ७ (७७.७७ प्रतिशत) वटा पेन्टमा १० हजार पीपीएम भन्दा बढी सीसा (लेड) को खतरनाक उच्च स्तर पाइएको छ भने, ९ मध्ये ३ (३३.३३ प्रतिशत) मा एक लाख पीपीएम भन्दा पनि बढी र १ वटा (११.११ प्रतिशत) मा २ लाख पीपीएम भन्दा बढी लेड पाइएको छ ।’

उक्त अध्ययन अन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर, विराटनगर, चितवन, वीरगन्ज, हेटौँडा मा रहेका १८ वटा साना तथा मझौला उद्योग हरुका १९ वटा ब्रान्डका २० वटा पेन्टका नमुनाहरू समावेश गरिएको थियो । जस अन्तर्गत २० वटा पेन्टको नमुनाहरू मध्ये ११ (५५ प्रतिशत) वटाले सरकारी मापदण्डको पालना गरेका थिए । वाकी ९ वटा नमुना (४५ प्रतिशत) ले सरकारी मापदण्ड पालना गरेका थिएनन् ।

यस अन्तर्गत ९० पिपिएम भन्दा धेरै बढी सिसा पाइने पेन्टहरु ९ वटा थिए । सिनर्जी ब्रान्डको पेन्टमा २१३८८१.८ पीपीएम सिसा अर्थात् ९० पीपीएम भन्दा २३७६.४६ गुणा बढी सिसा पाइएको हो ।

यस्तै टाटा ब्रान्डको पेन्टमा १२१०७१.१ पीपीएम सिसा पाइको छ जुन ९० पीपीएम भन्दा १३४५.२३ गुणा बढी हो । एन ट्विंकल पेन्टमा १०६७३२.१ पीपीएम सिसा अर्थात् ९० पीपीएम भन्दा ११८५.९१ गुणा बढी सिसा पाइएको छ ।

यस्तै लालीगुराँस ब्रान्डको पेन्टमा ६४२६७.३५ पीपीएम सिसा पाइएको छ जुन ९० पीपीएम भन्दा ७१४.०८ गुणा बढी हो । रेवा ब्रान्डको पेन्टमा २२००४.०३ सिसा, डालमिया ब्रान्डको पेन्टमा १८७१६.२२ पीपीएम, डिजिटल ब्रान्डको पेन्टमा ९९.०९ पीपीएम र मार्बल ब्राड को पेन्टमा ९५.४८ पीपीएम सिसा पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ‘सुनौलो पहेला (गोल्डेन यलो) र खैरो (ब्राउन) पेन्ट मा धेरै बढी मात्रामा सिसा(लेड पाईएको छ’, साहले भने ।

सिसा विषाक्तताले फोक्सोको क्यान्सर भन्दा तेब्बर मृत्यु 

शरीरमा लेड पोइजनिङ अर्थात् सिसा विषाक्तता ले फोक्सोको क्यान्सर भन्दा तीन गुणा बढी मानिसको ज्यान लिइरहेको छ । विशेष गरी यसले बालबालिकामा धेरै नराम्रो प्रभाव पारिरहेको छ, किनभने बालबालिका चाँडै सिसाको सम्पर्कमा आउँछन्।

वासिङ्गटन स्थित संस्था सेन्टर फर ग्लोबल डेभलपमेन्टको नेतृत्वमा एक वर्ष लामो अध्ययनमा यो दाबी गरिएको हो । अनुसन्धान कर्ताहरूको अनुसार सीसा विषाक्तता विश्वव्यापी रूपमा गम्भीर स्वास्थ्य खतरा हो, जसलाई अधिकांश देशहरूले बेवास्ता गरेका छन्। अनुसन्धान कर्ताहरूले तुरुन्तै कदम चाल्न आवश्यक रहेको बताएका छन् ।

विश्वमा प्रत्येक ३ मध्ये १ बालबालिका सिसाको विषाक्तता बाट पीडित 

सेन्टर फर ग्लोबल डेभलपमेन्ट (सीजीडी) को अनुमान अनुसार विश्व भरका तीन मध्ये एक बालबालिका सिसाको विषाक्तता बाट पीडित छन्। अनुमान अनुसार कुल ८१.५ करोड बालबालिका यसबाट प्रभावित छन् ।

सिसा विषाक्तता के हो? 

सिसाको विषाक्तता भनेको शरीरमा सिसाको मात्रा खतरनाक स्तरमा पुग्ने अवस्था हो। सिसा एक गहो (हेभी) धातु हो, जुन प्राकृतिक रूपमा पृथ्वीको माटोमा पाइन्छ। यो निर्माण सामग्री, रङ्ग, खेलौना र केही खानाहरूमा पनि हुन सक्छ ।

रगतमा सिसाको स्तर कति हुनुपर्छ ? 

जहाँ सम्म सम्भव छ, प्रत्येक बच्चाको रगतमा सिसाको स्तर पाँच माइक्रोग्राम प्रति डेसिलिटर भन्दा कम हुनुपर्छ। शरीरमा सिसाको कुनै सुरक्षित स्तर नभए पनि ५ माइक्रोग्राम प्रति डेसिलिटर भन्दा कम सिसा समेत हानिकारक हुन्छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शरीरमा ७० माइक्रोग्राम प्रति डेसिलिटर भन्दा बढी सिसा हुनु गम्भीर कुरा हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!