‘अमर्त्य मिश्र लाई देश व्यापी समाचार, लेख रचना प्रतियोगितामा प्रथम पुरस्कार’


काठमाडौं– सञ्चारकर्मी अमर्त्य मिश्रले लेड विष वाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहमा आयोजित देश व्यापी समाचार– लेख, रचना प्रतियोगितामा १० हजार नगद राशि सहितको प्रथम पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल हेल्थ प्रेस डट कम मा अङ्ग्रेजी भाषामा प्रकाशित अमर्त्य मिश्रको लेख रचना Lead Us Not Into Poison: Protecting Our Future From Lead Poisoning ले प्रथम पुरस्कार प्राप्त गरेको  हो।

लेड युक्त पेन्टको उन्मूलन र उच्च जोखिममा रहेका बालबालिकाको स्वास्थ्य सम्बन्धी समस्या बारे आम जनतामा जनचेतना जगाउनुको साथै सरकारी मापदण्ड पालनाको अवस्थामा सुधार ल्याउने उद्देश्य साथ सञ्चार कर्मीहरू बीच आयोजित लेख प्रतियोगितामा मिश्रले प्रथम पुरस्कार प्राप्त गरेका हुन ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र(सेफेड) काठमाडौंले वन तथा वातावरण मन्त्रालय वातावरण विभाग र नेपाल हेल्थ केयर पत्रकार समाज को समन्वय र सहकार्यमा आयोजित लेड को विष वाट बनावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह अन्तर्गत आइतवार लेख प्रतियोगिताको विजयीहरूलाई सम्मान पत्रको साथै पुरस्कार प्रदान गरेको हो ।

उक्त कार्यक्रममा का प्रमुख अतिथि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा.दिपेन्द्र रमण सिंह सहित वातावरण विभागका महा निर्देशक ज्ञानराज सुवेदी, काठमाडौं मेडिकल कलेजका प्रा.डा.सुनिलकुमार जोशी, सिफेडका कार्यकारी निर्देशक राम चरित्र साह लगायत काले लेख रचना प्रतियोगिताका पुरस्कृत सञ्चारकर्मीहरूलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरेका थिए ।

लेख रचना प्रतियोगितामा दोस्रो पुरस्कार ७ हजार नगद सहितको सम्मानपत्र जनकपुरका सुभाष कर्ण, तेस्रो पुरस्कार ५ हजार नगद सहितको सम्मान पत्र काठमाडौंका रामकृष्ण भण्डारी ले प्राप्त गरेका हुन ।  यस्तै नेपालगन्ज का कृष्ण अधिकारी र ललितपुरका मनोज साह ले सान्त्वना पुरस्कारको रूपमा जनही ३ हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!