अनुसन्धान

‘अतिरिक्त वाई क्रोमोजोमले पुरुषहरूमा अटिजमको जोखिम दोब्बर’


हालै गरिएको एउटा अनुसन्धान अनुसार अतिरिक्त वाई क्रोमोजोमले पुरुषहरूमा अटिजमको जोखिम दोब्बर हुन्छ । अमेरिकाको इन्स्टिच्युट अफ अटिजम एण्ड डेभलपमेन्टल मेडिसिनका अनुसन्धान कर्ताहरूको निष्कर्ष हालै नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित भएको छ ।

अटिजम महिलामा भन्दा पुरुषमा किन बढी हुन्छ भनेर व्याख्या गर्न गरिएको अध्ययनमा अनुसन्धान कर्ताहरूले महत्वपूर्ण कारकहरू पहिचान गरेका हुन ।

सेक्स क्रोमोजोमले व्यक्तिको जैविक लिङ्ग निर्धारण गर्छ । सामान्यतया, ‘एक्सवाइ’ क्रोमोजोमहरू पुरुषको कोषहरूमा पाइन्छ र ‘एक्सएक्स’ क्रोमोजोमहरू महिलाहरूमा पाइन्छ ।

कहिले काही कुनै व्यक्तिमा असामान्य रूपमा अतिरिक्त एक्स वा वाई क्रोमोजोम बढ्छ । जस्तै एक्सएक्सवाई वा एक्सवाईवाई । यो जैविक अवस्था लाई ‘सेक्स क्रोमोजोम एन्युप्लोइडी’ भनिन्छ ।

अटिजम एक न्युरो डेभलपमेन्ट अवस्था हो जसले व्यक्तिको व्यवहारमा दोहोरिने अवस्था आउँछ र सामाजिक व्यवहारलाई असर गर्छ।

अध्ययनका अनुसार महिलाको तुलनामा पुरुषमा अटिजमको समस्या चार गुणा बढी हुने गरेको छ । तसर्थ, यसमा लैङ्गिक पक्ष पनि छ।

अध्ययनका लागि अनुसन्धान टोलीले १,७७,४१६ अटिजम पीडितको तथ्याङ्क विश्लेषण गरेको थियो । जसमध्ये ३५० जनामा असामान्य सेक्स क्रोमोजोम भेटिएको थियो ।

अनुसन्धान टोलीले एक्सएक्सवाई को तुलनामा एक्सवाइवाई क्रोमोजोममा अटिजमको जोखिम बढेको भेट्टायो । यद्यपि, अन्वेषकहरूले वाई क्रोमोजोममा थप प्रकाश पार्न थप अध्ययनको आवश्यकता रहेको बताए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!