‘स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भने, एक्कासि हुने विपद् को स्थायी व्यवस्थापन आवश्यक’

‘स्वास्थ्य मन्त्रीले भने, हाल विपद् व्यवस्थापनको संयन्त्र प्रभावकारी नरहेको र जुनसुकै वेला सङ्कट पर्दा तयारी अवस्थामा रहने गरी एउटा संयन्त्र रहनु पर्ने’


काठमाडौं– स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विपद् एक्कासि हुने गरे पनि यसको स्थायी व्यवस्थापन आवश्यक रहेको जनाउँदै ‘आपतकालीन चिकित्सकीय समूह परिचालन कार्य विधि २०८१’, सार्वजनिक गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई र विश्व स्वास्थ्य सङ्गठन, नेपालको आयोजना भएको आपतकालीन चिकित्सा टोलीको लागि मानक परिचालन प्रकृया बारेको कार्यशालामा स्वास्थ्य मन्त्रीले उक्त कार्य विधि सार्वजनिक गरेका हुन ।

‘विपद् खबर गरेर आउँदैन, यो एक्कासि हुने हो’– स्वास्थ्य मन्त्री पौडेलले भने–‘विपद् भइ सके पछि यसको तयारी गरेर सङ्कट मोचन गर्छु भन्ने पनि हुँदैन, यसको स्थायी व्यवस्थापन आवश्यक छ ।’

हाल विपद् व्यवस्थापनको लागि बनेको केही संयन्त्र प्रभावकारी नरहेको औँल्याउँदै स्वास्थ्य मन्त्री पौडेलले भने–‘संसारमा जहाँ पनि सङ्कट पर्दा हामीले तयारी गर्ने गरी एउटा संयन्त्र हुनु पर्छ ।’ उनले स्वास्थ्यको क्षेत्रमा आकस्मिक सेवा उपलब्ध गराउने सन्दर्भमा धेरै सुधारहरू आवश्यक रहेको समेत बताए ।

विपद् आएको वेला तात्ने तर अगाडि योजना न बनाउने अवस्था मुलुकमा रहेको औँल्याउँदै स्वास्थ्य मन्त्रालयका सचिव हरी प्रसाद मैनालीले भने–‘विपदको समयमा सामान्य उपचार पाए नागरिकको ज्यान जोगिन्छ, ‘यस्तो अवस्थामा ५, १० मिनेट को समय अन्तराल पनि धेरै महत्वपूर्ण हुन्छ ।’

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख डा. प्रकाश बुढाथोकी ले मङ्गलवार सार्वजनिक गरिएको आपतकालीन चिकित्सकीय समूह परिचालन कार्य विधि लाई विपदको वेला लागू गरिने बताए । डा.बुढाथोकीले हालको बाढी पहिरो पछि समेत यसै कार्यविधि अनुसार चिकित्सा टोलीहरू परिचालन गरिने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!