विश्व मुटु दिवस

‘वीरमा छिट्टै २४ सै घण्टा हृदय घात उपचार सेवा’


काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा छिट्टै २४ सै घण्टा हृदय घात सेवा शुरु हुने भएको छ । ‘काम गरौं मुटु बचाऔं’, नारा सहित वीर अस्पतालमा शनिवार सम्पन्न विश्व मुटु दिवसको कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

‘भविष्यमा हामी २४ घण्टा र सातै दिन हृदयाघात भएको बिरामीको लागि एन्जियोग्राफी, एन्जियोप्लाष्टी लगायत हर्ट एटेक सम्बन्धी सेवा विस्तार गर्ने छौं’, वीरका कार्डियोलजी विभाग प्रमुख डा.समिर पौडेल भने । उक्त उपचार सेवा आम जनताले धान्न सक्ने, सहज र सर्व सुलभ हुने समेत डा.पौडेलले बताए ।

मुलुकमा मुटु उपचार सेवा को सुरुवात गर्ने वीर अस्पतालले आफ्नो पुरानो गौरव पुनः फर्काउने दिशामा कार्यरत रहेको कन्सलटेन्ट कार्डियोलोजिष्ट डा.दिपक मिश्रले जनाए ।

उक्त कार्यक्रममा डा.मृगेन्द्र राज पाण्डे, प्रा.डा.लोक विक्रम थापा, न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेत, वीरका निर्देशक डा. सन्तोष पौडेल, वीरका कार्डियाक सर्जरी विभागका प्रमुख डा.किरण श्रेष्ठ, डा.अवनी भुषण उपाध्याय, डा.भगवान कोइराला, डा.प्रकाश राज रेग्मी लगायतका ले आफ्नो विचार व्यक्त गरेका थिए ।

‘नेपाल हर्ट नेट अवार्ड जयन्ती मेमोरियल ट्रस्ट लाई’ 

‘नेपाल हर्ट नेट अवार्ड २०२४’ जयन्ती मेमोरियल ट्रस्ट लाई प्रदान गरिएको छ । नेपाल हर्ट नेटको सहभागिता र वीर अस्पताल, मुटु रोग विभागको संयोजकत्वमा सम्पन्न विश्व मुटु रोग दिवसको कार्यक्रममा ट्रस्ट लाई सन २००१ देखी नेपालमा मुटु रोग रोकथाम, नियन्त्रण र उपचारको क्षेत्रमा असाधारण योगदानको लागि उक्त अवार्ड प्रदान गरिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!