बाढी पसेपछि मेडिसिटी, किष्ट र सिद्धि स्मृति अस्पतालका बिरामी अन्यत्र सारियो


काठमाडौं–काठमाडौं उपत्यकाका खोला किनारका नेपाल मेडिसिटी अस्पताल, किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र सिद्धि स्मृति अस्पतालमा बाढीको पानी पसेर असुरक्षित बने पछि शनिवार बिरामीलाई अन्यत्र सारिएको छ ।

नेपाल मेडिसिटी अस्पतालमा नख्खु खोलाको बाढी छिरेर डुबान हुदा उपचार गराई रहेका करिब ५० जना भन्दा बढी बिरामीलाई काठमाडौंका विभिन्न अस्पतालमा स्थानान्तरण गरिएको बताइएको छ ।

मेडिसिटी लगायतका अस्पतालले बाढी वाट भएको क्षति असुविधा लगायतका बारे कुनै पनि आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।

मेडिसिटी स्रोतका अनुसार अस्पतालको ग्राउन्ड फ्लोरमा रहेको इमर्जेन्सी, रेडियोलोजी विभाग, प्रयोगशाला आदि बाढीको पानीले डुबानमा परे पछि बिरामी अन्यत्र सार्नु परेको हो । स्रोतका अनुसार मेडिसिटीको आईसीयूमा उपचार गराइरहेका ८ जना सहित करिब ५० जना भन्दा बढी लाई एम्बुलेन्स मार्फत अन्यत्र सारिएको हो ।

यस्तै किष्ट अस्पतालको पर्खाल भत्किएर कर्मनाशा खोलाको पानी अस्पताल परिसरमा पसेको छ । प्रहरीका अनुसार ललितपुर स्थित किष्ट अस्पतालको तल्लो तलामा पानी पसे पछि बिरामीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

यसै गरी भक्तपुरको सिद्घि स्मृति अस्पताल समेत डुबानमा परेपछि उपचार गराइरहेका बिरामीलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!