‘३४ शारीरिक अशक्त सहित ९४ इजरायली ट्रेकर्सले अन्नपूर्ण सर्किट ट्रेक पुरा गरे’


काठमाडौं – ३४ जना शारीरिक रूपमा अशक्त व्यक्ति सहित ९४ जना इजरायली पद यात्रीहरूको समूहले अन्नपूर्ण चुचुरो वरिपरिको प्रेरणादायी पद यात्रा सफलता पूर्वक सम्पन्न गरेको छ ।

१२ पद यात्रीहरू, हृवीलचेयरको सहायतामा, २२ शारीरिक रूपमा अपाङ्गता भएका अन्वेषकहरू र बाकी सहायक स्टाफ ट्रेकरहरूको टोलीले १८ सेप्टेम्बरमा यात्रा शुरु गरेर २६ सेप्टेम्बरमा पद यात्रा समापन गर्यो ।

टोलीले हुम्दे स्थानीय विमानस्थलमा उडेर त्यहाँबाट पद यात्रा सुरु गरेको थियो । यात्राको क्रममा पद यात्रीहरूले मनाङमा २ रात स्थानीय संस्कृति, परिकारको रमाइलो गर्न र आफू लाई स्थानीय वातावरणको अनुकूल बनाउन बिताए ।

उनीहरूले ५४१६ मिटर अग्लो थोरङ ला पास सफलतापूर्वक पार गरेका थिए । पदयात्रीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत हनान गोडर सहित नेपाल पर्यटन बोर्डका लक्ष्मण गौतम ले स्वागत गरेका थिए ।

यस साहसी गतिविधि मार्फत, प्रतिनिधि मण्डलले प्रेरणा र समावेशिता, दृढ सङ्कल्प र टिम बर्कको सन्देश गएको आशा गर्दछ । प्रतिनिधिमण्डलको उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको क्षमताको बारेमा जागरूकता बढाउने र ती अविश्वसनीय अवसरहरूको बारेमा याद दिलाउनु हो जो त्यति खेर अगाडि आउँछ जब मानिसहरू एक अर्काको सहयोग समर्थन गर्न एक साथ आउँछन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!