अनुसन्धान

‘वायु प्रदूषण र गर्मीले स्ट्रोकका बिरामी बढ्दै’

‘विश्वमा पहिलो पटक ब्रेन स्ट्रोक बाट पीडित हुनेको सङ्ख्या १ करोड १९ लाख पुग्यो’


पहिलो पटक ब्रेन स्ट्रोकका लागि वायु प्रदूषण जिम्मेवार रहेको पाइएको छ । द ल्यान्सेटमा प्रकाशित एक अध्ययनका अनुसार विश्व भर मस्तिष्क घात र त्यसका कारण मृत्यु हुनेको सङ्ख्या बढि रहेको छ । वायु प्रदूषण, बढी तापक्रम, उच्च रक्तचाप र शारीरिक निष्क्रियता जस्ता मेटाबोलिक जोखिमहरू यसका लागि जिम्मेवार छन् ।

स्ट्रोकको कारण स्वास्थ्य बिग्रनु र समय अगावै मृत्युको कारणको रूपमा गम्भीर गर्मीको भूमिका सन १९९० पछि ७२ प्रतिशत बढेको छ र भविष्यमा अझ बढ्ने अपेक्षा गरिएको छ ।

३४ वर्षमा मृत्यु हुनेमा ४४ प्रतिशतले वृद्धि

विश्व भर पहिलो पटक स्ट्रोक भएका व्यक्तिको सङ्ख्या २०२१ मा बढेर १ करोड १९ लाख पुगेको छ । जुन सन् १९९० को तुलनामा ७० प्रतिशत बढी हो भने स्ट्रोकबाट हुने मृत्युको सङ्ख्या बृद्घि भएर ७३ लाख पुगेको छ ।

यो सङ्ख्या सन् १९९० को तुलनामा ४४ प्रतिशत बढी हो । यसरी, इस्केमिक मुटु रोग वा मुटुमा रगत आपूर्तिमा कमी र कोभिड पछि न्युरोलोजिकल समस्याहरू मृत्युको तेस्रो प्रमुख कारण बनेको छ । स्ट्रोकबाट प्रभावित तीन चौथाई भन्दा बढी मानिसहरू कम र मध्यम आय भएका देशहरूमा बस्छन् ।

राम्रो खानपानले स्वास्थ्यमा सुधार 

अनुसन्धान कर्ताहरूले खराब आहार र धूम्रपान सँग सम्बन्धित जोखिमका कारण विश्वव्यापी रूपमा स्ट्रोकका घटनाहरू कम गर्नमा भएको प्रगतिलाई पनि स्वीकार गरे । उनीहरूले प्रशोधित मासु कम खादा खराब स्वास्थ्य भएका मानिसहरूको सङ्ख्या ४० प्रतिशतले घटेको पत्ता लगाए । त्यस्तै, हरियो तरकारी बढी खाने ३० प्रतिशत मानिसको स्वास्थ्यमा सुधार आएको छ ।

वायु प्रदूषण धूम्रपान जत्तिकै घातक 

ग्लोबल बर्डन अफ डिजिज, इन्जुरिज एन्ड रिस्क फ्याक्टर्स स्टडी (जीबीडी) टोलीका अनुसन्धान कर्ताहरूका अनुसार पहिलो पटक पार्टिकुलेट मेटर (पीएम) अर्थात् वायु प्रदूषण मस्तिष्क रक्तस्रावको लागि धूम्रपान जतिकै घातक रहेको पाइएको छ । जीबीडीको अध्ययनमा विभिन्न ठाउँ र समय सँगै स्वास्थ्य लाई हुने हानी लाई मापन गर्ने सबै भन्दा ठूलो प्रयास गरियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!