अनुसन्धान

‘हर्ट फेल हुने जोखिम बढाउँछ पीकेएन इन्जाइम’


फाइब्रोसिस, वा मुटुमा फाइब्रोटिक तन्तुको बढी वृद्धिले हर्ट फेल (मुटुको विफलता) को जोखिम बढाउँछ । जापानको नागोया युनिभर्सिटी ग्रेजुएट स्कुल अफ मेडिसिनको एउटा समूहले प्रोटिन काइनेज एन (पीकेएन) नामक इन्जाइम पत्ता लगाए जसले कार्डियाक फाइब्रोसिस लाई नियन्त्रण गर्छ ।

इन्जाइमले मुटुको फाइब्रोब्लास्टलाई मायोफाइब्रोब्लास्टमा परिणत गर्छ, जसले मुटु लाई क्षति पुग्ने जोखिम बढ्छ । शोधकर्ताहरूले पत्ता लगाए कि जब यो इन्जाइम हटाइयो, भेन्ट्रिकुलर डिसफंक्शन कम भयो ।

यसले सुझाव दिन्छ कि एन्टि–पीकेएन थेरापी बिरामीहरूलाई हृदय रोगको विकास हुनबाट रोक्नको लागि सम्भावित उपचार हुन सक्छ । अनुसन्धानको नतिजा हालै नेचर कम्युनिकेसनमा प्रकाशित भएको छ ।

मुटुले फाइब्रोब्लास्ट भनिने साना कोशिकाहरू प्रयोग गरेर आफ्नो अखण्डता कायम राख्छ, जुन प्रायः क्षति पछि मायोफाइब्रोब्लास्टमा परिणत हुन्छ । मायोफाइब्रोब्लास्ट कोलाजेन र इलास्टिन जस्ता रेशा दार संयोजन तन्तुहरू उत्पादन गरेर घाउ निको पार्ने कामलाई हौस्याउँछ ।

यद्यपि, हर्ट फेलको जोखिममा रहेका बिरामीहरूमा, यसले प्रायः थप तन्तुहरू सङ्कलन गर्छ, जसले गर्दा मुटुको तन्तु कडा हुन्छ । यसले यसको दक्षता घटाउँछ, यसलाई फाइब्रोसिस रोग भनिन्छ ।

नागोया विश्वविद्यालयको कार्डियोलोजी विभागका डा. सतोया योशिदा, मिकितो टेकफ्युजी र टायोयाकी मुरुहाराको नेतृत्वमा रहेका अनुसन्धान कर्ताहरूले पीकेएनलाई लक्षित गर्ने थेरापीले हर्ट फेल हुने जोखिमलाई रोक्न सक्ने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!