‘माल्दिभ्समा नेपाली न्युरो सर्जनहरूको नेतृत्वमा मस्तिष्क र मेरुदण्ड सम्मेलन सम्पन्न’


माल्दिभ्स– माल्दिभ्समा ब्रेन एण्ड स्पाइन कन्फरेन्स (मस्तिष्क र मेरुदण्ड सम्मेलन) सम्पन्न भएको छ । सम्मेलनमा ६० वैज्ञानिक अनुसन्धान पत्र प्रस्तुत गरिएको थियो ।

१०० अन्तर्राष्ट्रिय र ५० जना स्थानीय चिकित्सा विज्ञको सहभागितामा एडिके अस्पतालमा सेप्टेम्बर ९ देखी आयोजित वार्षिक मस्तिष्क तथा मेरुदण्ड सम्मेलन नेपाली न्युरो सर्जन डा.किरण निरौलाको नेतृत्वमा सम्पन्न भएको हो ।

उक्त सम्मेलनमा वर्ड फेडेरेशन अफ न्युरोलोजिकल सोसाइटी को समेत महत्वपूर्ण साझेदारी थियो । चार दिने उक्त सम्मेलनमा एडिके अस्पतालमा दुई दिन को कार्यशाला र विला नटिकल आइलेण्ड रिसोर्टमा दुई दिन कार्यशाला आयोजित गरिएको थियो ।

हाल, नेपालमा प्रशिक्षित डा. किरण निरौलाको नेतृत्वमा न्युरो सर्जरी विभाग, इन्डोभास्कुलर न्यूरोसर्जिकल सेवाहरू प्रदान गर्ने यो क्षेत्रको एकमात्र केन्द्र एडिके अस्पताल हो । सन २०१४ देखि एडिके अस्पतालले २४ सै घण्टा न्युरो सर्जरी सेवा प्रदान गरिरहेको छ ।

अस्पतालमा डा निरौलालाई इन्डोभास्कुलर न्युरोसर्जरी विशेषज्ञ डा. रोबिन भट्टराई र वरिष्ठ न्युरोसर्जन डा. चन्द्रप्रकाश लिम्बुले सहयोग गरेका छन् ।

डा. निरौलाले अगस्ट १९–२१, २०२५ मा हुने अर्को सम्मेलन मा वैज्ञानिक दायरा लाई थप विस्तार गर्ने र थप अन्तर्राष्ट्रिय र नेपाली विज्ञहरूलाई समावेश गर्ने लक्ष्य राखेको नेपालहेल्थप्रेसलाई बताए । एडिकेका सीईओ अहमद नाशिद, एमडी अफाल र प्रमुख मेडिकल अफिसर डा अब्दुल्ला नियाफ सहितको व्यवस्थापन टोलीले इनोभेसन र उत्कृष्टताको लागि अनुकूल वातावरणलाई बढावा दिदैँ सम्मेलन लगायतका पहलहरूलाई अत्यधिक समर्थन गर्दै आएको समेत उनले बताए ।

एडिकेमा नेपाली चिकित्सकहरू 

सन १९८७ मा मेडि क्लिनिकको रूपमा स्थापित एडीके अस्पताल, माल्दिभ्स को सबैभन्दा ठूलो निजी क्षेत्रको टर्सरी हेरचाह सुविधाको प्रदान गर्ने अस्पताल हो । २०० भन्दा बढी बेडहरू भएको, यो अस्पताल सघन, हृदय रोग र नवजात शिशु हेरचाहको लागि विशेष एकाइहरू सहित उन्नत चिकित्सा सेवाहरू प्रदान गर्दै आएको छ । यसले ९० भन्दा बढी चिकित्सकहरूको टोलीद्वारा समर्थित २९ चिकित्सा विशेषताहरूमा अत्याधुनिक निदान र उपचारात्मक क्षमताहरू समेटेको छ । यहा २५ जना विशेषज्ञ नेपाली डाक्टरहरू कार्यरत छन् ।

सम्मेलनकाे एक झलक


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!