अनुसन्धान

‘स्वास्थ्यकर्मीलाई क्षयरोगको उच्च जोखिम’, भारतीय स्वास्थ्यकर्मीमा टिबी को प्रसार दर धेरै बढी’


भारतमा सामान्य जनसङ्ख्याको दाँजोमा स्वास्थ्य कर्मीहरूमा क्षयरोग (टिबी)को प्रकोप बढी रहेको एक नयाँ अध्ययनले देखाएको छ ।

सन २००४ देखि २०२३ को बीचमा गत २० वर्षहरूमा गरिएका १० विभिन्न अध्ययनहरूको विश्लेषणले भारतमा प्रति एक लाख स्वास्थ्य कर्मी हरूमा औसत रुपमा २३९१.६ क्षयरोगका बिरामीहरू रहेको देखाएको छ । तर, प्रति एक लाख जनसङ्ख्यामा क्षयरोगीको सख्या ३०० मात्रै रहेको छ ।

यो अध्ययन ‘भारतमा स्वास्थ्य कर्मीहरूमा क्षयरोगको को व्यापकताः एक व्यवस्थित समीक्षा र मेटा विश्लेषण’, शीर्षकमा प्रकाशित गरिएको छ ।

अध्ययनमा भनिएको छ क्षयरोग विश्वव्यापी रूपमा गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीहरू मध्ये एक हो । भारत जस्तो उच्च स्थानीय दर भएका मुलुकमा यसको जोखिम झन् बढी देखि राखिएको छ, जो एक्लै विश्वव्यापी क्षयरोग को भार को करिब एक चौथाइ भाग हो ।

अनुसन्धान अनुसार प्रयोगशाला प्राविधिकमा प्रति १ लाखमा ६४६८.३१ क्षयरोग, चिकित्सकमा प्रति १ लाखमा २००६.१८ क्षयरोग र नर्समा प्रति १ लाखमा २७२६.८ क्षयरोगको केस पाइएको छ । यसै प्रकार स्वास्थ्य कर्मीहरूमा क्षयरोगको प्रसार दर धेरै उच्च छ ।

यो अध्ययन तीर्थङ्कर महावीर विश्वविद्यालय, मुरादाबादका डा रविन्द्र नाथ र सफदरजंग अस्पतालका डा.जुगल किशोर, डा.प्रवण इश, डा.अनिन्दा देबनाथ र डा.नितिन प्रकाश र डा.अनिरवन भौमिक द्वारा संयुक्त रूपले गरिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!