अनुसन्धान

‘स्वीडेनका बालबालिकाले घण्टौँ स्मार्टफोन र टिभी हेर्न नपाउने, स्वास्थ्य मन्त्रीले यी कारणले प्रतिबन्ध लगाए’


स्टकहोम –स्वीडेन सरकारले यसै साता १८ वर्ष सम्मका बालबालिकालाई स्क्रिन हेर्नका लागि नयाँ सिफारिसहरू सार्वजनिक गरेकोछ । अभिभावकहरूलाई भनिएको छ कि बच्चाहरूलाई स्क्रिन हेर्न दिनु हुँदैन ।देशको सार्वजनिक स्वास्थ्य एजेन्सी ले दुई वर्ष मुनिका बालबालिकालाई डिजिटल मिडिया र टेलिभिजनबाट पूर्णतया टाढा राख्नुपर्ने बताएको छ ।

नया सिफारिस अनुसार दुई देखि पाँच वर्ष सम्मका बालबालिकाहरूलाई स्क्रिन समय दिनको अधिकतम एक घण्टामा सीमित राख्नु पर्ने बताइएको छ । यस्तै ६ देखि १२ वर्ष सम्मका बालबालिकाले स्क्रिनको अगाडि एक वा दुईघण्टा भन्दा बढी समय बिताउनु हुँदैन।

स्वास्थ्य मन्त्री ज्याकब फोर्समेडले भने कि यसरी घण्टौँ स्क्रिनमा समय बिताउनाले १५ वर्ष का आधा भन्दा बढी बच्चाहरू पर्याप्त निन्द्रा लिन पाउँदैनन् ।

१३ देखि १८ वर्षकाले कति घण्टा स्क्रिन टाइम बिताउनु पर्छ? 

सार्वजनिक स्वास्थ्य एजेन्सीले १३ देखि १८ वर्ष सम्मका बालबालिकालाई डिजिटल मिडिया र टेलिभिजन स्क्रिनमा धेरै समय बिताउन बाट बच्न पनि सल्लाह दिएको छ ।

एजेन्सीले भन्यो कि १३ देखि १८ वर्षका बच्चाहरूलाई स्क्रिनको समय दिनको दुई देखि तीन घण्टा सम्ममा सीमित हुनुपर्छ । यस सँगै स्वास्थ्य एजेन्सीले बालबालिकालाई सुत्नु अघि स्क्रिनको प्रयोग नगर्न पनि भनेको छ । साथै, आमा बाबुलाई फोन र ट्याबलेटहरू राती बच्चाहरूको शयन कक्षबाट बाहिर राख्न सल्लाह दिइएको छ ।

‘धेरै लामो समय देखि स्मार्टफोन र टिभी स्क्रिनहरूलाई हाम्रा बच्चाहरूको जीवनको हरेक भागमा प्रवेश गर्न अनुमति दिइएको छ’, जनस्वास्थ्य मन्त्री जेकोब फोर्समेडले पत्रकारहरू सँगको कुराकानीमा भने, १३ देखि १६ सालको स्वीडिस बालबालिकाहरू स्कूल समय बाहेक, एक दिनमा स्क्रिनको अगाडि दिनको साढे छ घण्टा बिताउँछन् । यसले सामुदायिक, शारीरिक गतिविधि वा पर्याप्त निन्दाकोलागि समय रहँदैन।’

अनुसन्धानलाई उद्धृत गर्दै, एजेन्सीले यी सिफारिसहरू गर्यो

ज्याकब फोर्समेडले स्वीडेनमा बढ्दो निन्द्राको संकट प्रति दुःख पनि व्यक्त गरे । र, देशका १५ वर्षका बालबालिका मध्ये आधा भन्दा बढीमा यो समस्या रहेको बताए । उनीहरूले पर्याप्त निन्द्रा पाउँदैनन् ।

त्यही एजेन्सीले बालबालिकाका लागि नयाँ सिफारिसहरू ल्याएकोमा एक अनुसन्धानलाई पनि उद्धृत गरेको छ । यसमा स्मार्टफोन र टिभी स्क्रिनको अत्याधिक प्रयोगले निन्द्रा बिगार्न सक्ने बताइएको थियो । यसले डिप्रेसन निम्त्याउन सक्छ र शरीर असन्तुष्ट हुन सक्छ । यसअघि स्वीडेन सरकारले प्राथमिक विद्यालयमा स्मार्टफोनमा प्रतिबन्ध लगाउने कुरा गरेको थियो ।एजेन्सी


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!