अनुसन्धान

‘डेंगु पीडितमा कोभिड निको भएका को दाँजोमा ५५ प्रतिशत बढी मुटु सम्बन्धी जटिलता’


अनुसन्धानकर्ताहरूले डेंगु र कोभिड बाट निको भएका व्यक्तिहरूमा पछिल्ला स्वास्थ्य समस्याहरूको तुलनात्मक अध्ययन गर्दा  कोभिड को दाँजोमा डेंगु सङ्क्रमण पछि दीर्घकालीन स्वास्थ्य समस्याहरू विकसित हुने जोखिम बढी हुने देखिएको छ ।

अनुसन्धान कर्ताहरूले डेंगुबाट पीडित भएका व्यक्तिमा कोभिडबाट निको भएका मानिसहरूको दाँजोमा ५५ प्रतिशत बढी मुटु सम्बन्धी जटिलता हुन सक्ने बताए ।

सिङ्गापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका अनुसन्धान कर्ताहरूको निष्कर्ष जर्नल अफ ट्राभल मेडिसिनमा प्रकाशित भएको छ । डेंगु लामखुट्टेको टोकाइबाट मानिसमा सङ्क्रमण हुन्छ, जबकी कोभिड–१९,  सार्स–कोभ –२ भाइरसले गर्दा हुन्छ ।

अध्ययनको लागि सिङ्गापुरका ११,७०० डेंगु बिरामी र १२ लाख कोभिड बिरामीहरूको तुलनात्मक विश्लेषण गरिएको थियो । उनीहरूले डेंगु पीडितमा कोभिड पीडितहरूको दाँजोमा २०० प्रतिशत बढी स्मरण शक्ति एवं हिँड डुल सम्बन्धी समस्या हरू विकसित हुने उच्च जोखिम रहेको पत्ता लगाए ।

अनुसन्धान टोलीले सहभागीहरूमा मुटु, मस्तिष्क र प्रतिरक्षा प्रणाली सँग सम्बन्धित समस्याहरूको विश्लेषण गर्यो, जुन सङ्क्रमण भएको एक महिना देखि ३०० दिनसम्म पाइएको थियो ।

अध्ययनका प्रमुख लेखक लिम जुएले डेंगु भेक्टर बाट हुने रोग रहेको र यो लामो समय देखि विश्वमा प्रमुख स्वास्थ्य समस्या बनेको बताए ।

डेंगु र कोभिड पछि दीर्घकालीन जटिलताहरूको तुलनात्मक रूपमा जाँच गर्ने यो पहिलो अध्ययन हो । डेंगु सँग सम्बन्धित अध्ययनमा संलग्न सहभागीमा ०.९ प्रतिशत र कोभिड समूहमा ०.५ प्रतिशत मुटु सम्बन्धी समस्या विकसित हुने जोखिम पाइएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!