अनुसन्धान

‘ह्युमन प्यापिलोमा भाइरसले पुरुषमा बाझोपनको जोखिम बढाउँछ’


एउटा नयाँ अध्ययन अनुसार सामान्य यौन सञ्चारित ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) ले पुरुषमा शुक्रकीटको मात्रा र गुणस्तर घटाउन सक्छ, जसले बाझो पनको जोखिम बढाउँछ ।

अर्जेन्टीनाको युनिभर्सिडाड नैशनल कार्डोबा का अनुसन्धान कर्ताहरूको अनुसार पुरुषहरू एचपीभी सङ्क्रमणको लागि धेरै संवेदनशील हुन्छन् । यसले यौन अङ्ग मा मुसा को जोखिम र मुख, घाटी, लिङ्ग र मलद्वारको क्यान्सर जस्ता समस्याहरूको जोखिम पनि बढाउँछ ।

‘फ्रन्ट्रेयर्स इन सेल्युलर एन्ड इन्सफेक्सन माइक्रोबायोलोजी’ जर्नलमा प्रकाशित अध्ययनले उच्च जोखिम को एचपीभी जीनो टाइपबाट सङ्क्रमित पुरुषमा अक्सिडेटिभ तनावका कारण शुक्रकीटको मृत्यु र कमजोर प्रतिरक्षा क्षमता देखिएको छ ।

प्रोफेसर भर्जिनिया रिभरोले भने,–‘हाम्रो अध्ययनले पुरुषहरूमा यौनाङ्ग एचपीभी सङ्क्रमण धेरै सामान्य रहेको सावित गरेको छ । शुक्रकीटको गुणस्तर र वीर्यमा सुन्नाइमा निर्भर गर्छ की कुन प्रकारको भाइरल जिनोटाइप सङ्क्रमणको कारण बनिरहेको छ ।’

पुरुषहरूमा एचपीवी प्रकोप

एचपीभी सङ्क्रमण महिलाहरूमा सबैभन्दा सामान्य थियो, जो ९५ प्रतिशत केसहरूमा पाठे घर को मुख को क्यान्सरको बढ्दो जोखिम सँग सम्बन्धित छ । यद्यपि, ‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित हालैको अध्ययनले १५ वर्षभन्दा माथिको उमेरका प्रत्येक तीन जना मध्ये एक पुरुषमा आंशिक रूपले लिङ्ग को एचपीभी सङ्क्रमण भएको देखाएको छ र प्रत्येक पाँच मध्ये एकलाई उच्च जोखिम युक्त वा क्यान्सर उत्पन्न गर्ने एचपीभी सङ्क्रमणको हुन्छ ।

अध्ययनका निष्कर्ष 

यो पछिल्लो अध्ययनले सन् २०१८ र २०२१ को बीचमा अर्जेन्टिनाको युरोलोजी क्लिनिकमा प्रजनन स्वास्थ्य वा युरोलोजिकल समस्याहरूको जाँच गराउन गएका २०५ वयस्क पुरुषहरूमा केन्द्रित थियो ।

कसैले पनि एचपीभी खोप पाएका थिएनन् । उन्नाइस प्रतिशत व्यक्तिहरूले एचपीभीको लागि सकारात्मक परीक्षण गरे, जसमध्ये बीस जना पुरुषहरूमा उच्च–जोखिमको एचपीभी (एचआर–एचपीभी) र सात जनालाई कम जोखिममा एचपीभी (एलआर–एचपीभी) भएको पाइयो ।

एचआर एचपीभी र शुक्राणुको गुणस्तरमा प्रभाव 

नियमित वीर्य विश्लेषण अनुसार समूहहरू बीच वीर्य गुणस्तरमा कुनै स्पष्ट भिन्नता थिएन । जे होस्, उच्च–रिजोल्युसन अनुसन्धानले पत्ता लगायो कि एचआर एचपीभी को लागि सकारात्मक परीक्षण गर्ने पुरुषहरूको वीर्यमा सिडी४५+ सेतो रक्त कोशिकाहरूको सङ्ख्यामा धेरै कमी थियो र प्रतिक्रिया शील अक्सिजन प्रजातिहरू (आरओएस) को स्तरमा बृद्घि थियो, जसले शुक्राणुलाई नोक्सान पुर्याउन सक्छ ।

‘हामी निष्कर्षमा पुग्यौं की एचआर एचपीभी बाट सङ्क्रमित पुरुषहरूमा शुक्राणुको मृत्यु अक्सिडेटिभ तनाव र यूरोजेनिटल प्रणालीमा कमजोर स्थानीय प्रतिरक्षा प्रतिक्रियाको कारणले हुन्छ’, रिवेरोले भने, एचआर एचपीभी पोजेटिभ पुरुषहरूको प्रजनन क्षमता कम हुन सक्छ ।’

प्रजनन र सन्तानको स्वास्थ्य मा प्रभाव 

अध्ययनले एचआर एचपीभी शुक्राणुको डिएनए को गुणस्तरलाई कसरी प्रभावित गर्छ र यसको प्रजनन क्षमता र सन्तानको स्वास्थ्यमा कस्तो प्रभाव पार्न सक्छ भन्ने बारेमा महत्वपुर्ण प्रश्नहरू उठाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!