अनुसन्धान

अटिजम लाई रोक्न सकिन्छ: अध्ययन


वैज्ञानिकहरूले अटिजमलाई रोक्न सक्ने क्षमता भएको जिन पत्ता लगाएका छन् । अटिजम एक न्युरो डेवलपमेन्टल डिसअर्डर हो जसले मानिसहरूलाई कसरी अन्तरक्रिया गर्ने, सञ्चार गर्ने, सिक्ने र अरू सँग व्यवहार गर्ने तरिकालाई प्रभावित गर्छ ।

७० भन्दा बढी जिनहरू अटिजम स्पेक्ट्रम डिसअर्डर (एसडी) सँग जोडिएका छन् । अटिजम स्पेक्ट्रम डिसअर्डर एउटा यस्तो अवस्था हो जसले मस्तिष्कको काम गर्ने क्षमता प्रभावित हुन्छ, जसले भाषा, सामाजिक सञ्चार, अति सकृयता, र निरन्तर मुभमेन्ट जस्तो अवस्था उत्पन्न गर्न सक्छ ।

वैज्ञानिकहरूले यी सम्बन्धहरूलाई अझ विस्तृत रूपमा बुझ्नको लागि काम गरिरहेका छन्, र नयाँ एस्ट्र्रोटैक्टिन २ (एएसटिएन२) जिनले सम्भवतः अटिजमको उपचारको मार्ग प्रशस्त गर्न सक्छ ।

रकफेलर युनिभर्सिटी, न्यूयोर्कमा डेभलपमेन्ट न्यूरोबायोलोजी को प्रयोगशालाको टोलीले पत्ता लगायो कि एएसटीएन २ प्रोटिनले सेरिबेलममा न्यूरल सर्किटहरू मा बाधा उत्पन्न गर्छ, जसले न्यूरोडेवलपमेन्ट अवस्था भएका बच्चाहरू प्रभावित हुन्छन् ।

हालै, उही प्रयोगशालामा मुसामा एएसटिएन २ जिन पूर्ण रूपमा नष्ट गर्दा अटिजम जस्तो लक्षणहरू देखा पर्यो । एएसटिएन २ को कमी भएको मुसा मा बोली र समाजीकरणमा कमी देखाएको छ, साथ साथै सकृयता र दोहोरिने व्यवहारमा बृद्घि देखियो, जो एएसडी भएका व्यक्तिहरूमा देखिने लक्षणहरू झल्काउँछ ।

‘एएसडी भएका व्यक्तिहरूमा यी लक्षणहरूमा समानताहरू छन्’, विश्वविद्यालयकी माइकलिना हेन्जलले भनिन । अध्ययनमा यी मुसाहरूको सेरिबेलममा संरचनात्मक र शारीरिक परिवर्तनहरू पनि थाहा पाइएको छ ।

यो अनुसन्धान अघिल्लो अनुसन्धानमा आधारित छ, जसले सन २०१० मा एएसटिएन २ प्रोटिन सेरेव्रल विकास को समय न्युरोन माइग्रेसनलाई मार्गदर्शन गर्दछ ।

हालको अध्ययनले एएसटिएन २ को पूर्ण अनुपस्थितिको प्रभावहरू पत्ता लगाएको छ, जसमा पाइयो की मुसाहरूमा मस्तिष्कमा परिवर्तनहरू देखियो । उदाहरणका लागि, मुसाहरूले सीमित पिच दायरामा स्वरहरू उत्पादन गरे, नयाँ मुसाहरू भन्दा परिचित मुसाहरूलाई प्राथमिकता दिए र बढ्दो सकृयता र दोहोरिने गतिविधिहरू प्रदर्शन गरे ।

यी व्यवहार सम्बन्धी भिन्नताहरू सेरिबेलममा सूक्ष्म परिवर्तनहरू सँगै आएका थिए । यी परिवर्तनहरूले सम्भवतः सेरिबेलम र अन्य मस्तिष्क क्षेत्रहरू बीच सञ्चारलाई परिवर्तन गर्दछ।

भविष्यमा यस प्रकारको अनुसन्धान मानिसमा गरिने छ । ‘हामी ‘एसटिएन२ को भूमिकाको बारेमा धेरै उत्साहित छौ, तर अझै धेरै पत्ता लगाउन बाकी छ’, विशेषज्ञहरू भन्छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!