अनुसन्धान

‘जीवनमा उद्देश्यको कमी महसुस हुनु डिमेन्सियाको संकेत’


एउटा नयाँ अध्ययन अनुसार जीवनमा उद्देश्यको कमी र व्यक्तिगत उन्नतिको लागि अवसरहरूमा कमी महसुस गर्नु डिमेन्सियाको सुरुवातको संकेत हुन सक्छ । यो अनुसन्धानको नतिजा जर्नल अफ न्यूरोलोजी एण्ड साइकियाट्रीमा प्रकाशित भएको छ ।

अनुसन्धान कर्ता ले भने की वृद्धहरूमा संज्ञानात्मक क्षमतामा हल्का कमी को निदान ले तीन देखि छ वर्ष अघि मनोवैज्ञानिक कल्याणको भावनामा गिरावट आउँछ । यसले स्मरणशक्ति र सोच्ने क्षमतालाई प्रभावित हुन्छ, तर यति धेरै होइन कि जसले दैनिक क्रियाकलापलाई असर परोस् । संज्ञानात्मक क्षमतामा अलिकति गिरावट पछि डिमेन्सियामा परिणत हुन्छ ।

चाइना एग्रीकल्चरल युनिभर्सिटीको पोषण र स्वास्थ्य विभागको अनुसन्धान टोली सहित अन्य अनुसन्धान कर्ता ले मनोवैज्ञानिक कल्याण र मस्तिष्कको क्षमता र सम्बन्धित विकारहरूको बीच सम्बन्ध पाए ।

अध्ययनका लागि अनुसन्धान टोलीले अमेरिकामा १० वर्षसम्म ९१० जना वृद्ध वृद्धालाई पछ्याएको थियो । सहभागीहरूको औसत उमेर ८० वर्ष थियो र सुरुमा उनीहरूको स्मरणशक्ति र सोच्ने क्षमता ठीक थियो । यसै बीच उनीहरूको मस्तिष्कको कार्य विधि, संज्ञानात्मक क्षमता र मनोवैज्ञानिक कल्याण को परीक्षण गरिएको थियो । लगभग एक तिहाइ सहभागीहरू (२६५ जना) मा हल्का संज्ञानात्मक गिरावट पाइयो । यस पछि, यी मध्ये ८९ जनालाई डिमेन्सिया विकसित भयो ।

अनुसन्धान कर्ताहरूले पत्ता लगाए की संज्ञानात्मक रूपले ठीक रहेका व्यक्तिको अपेक्षा सज्ञानात्मक क्षमता मा गिरावट भएका व्यक्तिमा डिमेन्सीयाको निदान भन्दा तिन वर्ष पहिले जीवनमा उद्देश्यको कमी अनुभव हुन थाल्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!